१६ चैत्र २०८२, सोमबार | March 30, 2026

प्रदेश सरकारले ‘कोभिड हिरो’ नरेशबाबु श्रेष्ठलाई कोरोना माहामारी विरुद्ध लड्न पुनः बाँके पठायो



नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय , लुम्बिनी प्रदेशले कोरोना महामारीको पहिलो लहरमा बाँकेमा कोभिड हिरोको उपाधी पाएका जन स्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठलाई कोभिड नियन्त्रणका लागि भन्दै ३ महिनाका लागि बाँके जिल्लामा काज सरुवा गरेको छ ।

मन्त्रालयले साबिक दरबन्दी रहकै कार्यालयबाट पारिश्रमिक पाउने गरि ३ महिनाको लागि स्वास्थ्य कार्यालय बाँकेमा काज सरुवा गरेको हो ।

बाँकेमा कोरोनाको दोस्रो लहरमा महामारीकोरुप लिएपछि जनस्तरबाट श्रेष्ठलाई बाँकेमा सरुवा गर्न माग भएको थियो । पहिलो चरणको महामारीमा श्रेष्ठले खेलेको भूमिका र सक्रियताका कारण स्वास्थ्य सम्बद्ध संघ संस्थाहरुले पनि श्रेष्ठलाई बाँकेमा ल्याउनु पर्ने माग गरेका थिए । बाँकेमा उनी सहित तत्कालिन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सहितको टिमले पहिलो चरणको महामारी नियन्त्रणमा उल्लेख्य भुमिका निभाएको भन्दै नेपाली सेनाको सैनिक पदक सहित बिभिन्न गैरसरकारी संस्थाहरुले उनीहरुलाई सम्मान समेत गरेको थियो ।

कोरोनाको पहिलो लहर केहि मत्थर भएसँगै श्रेष्ठलाई बर्दिया र प्रमुख जिल्ला अधिकारी कुरुम्वाङलाई ईलाका प्रशासन कार्यालय टिकापुर सरुवा गरिएको थियो । केहि दिन अगाडी कुरुम्वाङ अख्तियार सम्पर्क कार्यालय प्रमुख भएर नेपालगन्ज पुगेका छन् भने श्रेष्ठलाई बाँकेमा काज सरुवा गरिएको छ ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ६ : ५८ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन