९ चैत्र २०८२, सोमबार | March 24, 2026

काठमाडौंसहित २० जिल्ला अति जोखिममा



काठमाडौं । कोरोनाविरुद्ध तत्काल १ करोड मात्रा खोप आवश्यक रहे पनि अन्योलता छाएको छ । अनुमानित १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् ।

गत २०७७ फागुन अन्तिम साता दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका झन्डै १५ लाख नागरिक ‘दोस्रो डोज खोप लगाउन पाउने हो कि होइन रु’ भन्ने अन्योलमा छन् । पहिलो लगाएको ८ देखि १२ साताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने विज्ञ बताउँछन् । उनीहरूले कोभिसिल्ड खोप लगाएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म अनुमानित ३ लाख ८० हजार नागरिकले मात्रै कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल तत्काल १ करोड मात्रा खोप आवश्यक रहेको बताउँछन् । तत्काल १ करोड मात्रा खोप आवश्यक रहेकोसमेत उनले औंल्याए ।

‘चीन सरकारबाट २० लाख मात्रा खोप ल्याउने कूटनीतिक पहल भइरहेको छ तर त्यति पर्याप्त भने हुँदैन,’ सोमबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिसमक्ष उनले भने, ‘१५ जेठभित्रै ज्येष्ठ नागरिकलाई खोप लगाउने भनिए पनि पर्याप्त छैन ।’ ५५ वर्षमाथिका ५१ लाख ६४ हजार २ सय ६९ जनालाई खोप लगाउने मन्त्रालयको योजना रहे पनि सो उमेर समूहका अधिकांश वञ्चित छन् ।

सरकारले जेठ तेस्रो सातासम्म चीनबाट भेरोसेल खोप ल्याउने प्रक्रिया अघि बढाए पनि ‘आउने वा नआउने रु’ टुंगो लागेको छैन । यसका लागि स्वास्थ्य मन्त्रालय हुँदै परराष्ट्रमार्फत चिनियाँ पक्षलाई पत्राचार गरिएको छ ।

भारतबाट खरिद गरिएको १० लाख डोज खोपसमेत आउने निश्चित छैन । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारतमा महामारी नरोकिएकाले खरिद गरिएको खोपसमेत पाउन नसकेको बताउँदै आएका छन् । शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले यथाशीघ्र खोप पु¥याउन आग्रह गर्दै सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएकी छन् ।

यसैबीच, सोमबार देशभर ९ हजार २ सय ४७ मा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ६ सय ५३ को पीसीआर र ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

देशभर सक्रिय संक्रमित संख्या १ लाख १३ हजार ४ सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ सय १४ संक्रमितको निधनसँगै मृतक संख्या ५ हजार २ सय १५ पुगेको छ । सोमबार ५ हजार ७ सय ६७ संक्रमित निको भएका छन् । देशभर ७ सय ८ क्वारेन्टाइनमा छन् ।

त्यस्तै, १ हजार २ सय ५९ आईसीयू र ४ सय संक्रमित भेन्टिलेटरमा छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १ सय ७४ आईसीयू र ५२ भेन्टिलेटर, प्रदेश २ मा २ सय ७ आईसीयू र ५७ जना भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ५ सय २९ आईसीयू र २ सय २३ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा १ सय १६ आईसीयू र ३३ भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय १३ आईसीयू र १८ जना भेन्टिलेटर, कर्णालीमा ८१ आईसीयू र ८ भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३९ आईसीयू र नौ जना भेन्टिलेटरमा उपचाररत छन् ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार काठमाडौं, बर्दिया, दाङ, बाँकेसहित २० जिल्ला अति जोखिममा छन् । राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ७ : ३६ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११