५ पुस २०८२, शनिबार | December 20, 2025

जसपा अध्यक्ष यादवद्वारा संसद सचिवालयलाई पत्राचार : संसदीय दलको नेता कोही चुनिएको छैन



काठमाडौं । जनता समाजवादी पार्टीभित्रको विवाद पुनः सतहमा आएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा पार्टी एकताको पक्षमा संयुक्त वक्तव्य जारी भएको केही समय नवित्दै सहमति भाँडिएको सन्देश जाने गतिविधि देखिएको छ ।

अध्यक्ष ठाकुरले वैशाख ३० गते संसदीय दलको बैठक बसेर दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको पत्र संसद सचिवालयमा दर्ता गराएपछि अर्का अध्यक्ष यादवले त्यसको काउन्टर गरेका छन् ।

यादवले संसद सचिवालयलाई जेठ २ गते नै पत्र पठाउँदै हालसम्म जसपा संसदीय दलको नेता कोही पनि चयन नभएको जनाएका छन् ।यादवले संसदीय दलको विधान कार्यकारिणीबाट अनुमोदन हुनुपर्नेमा हालसम्म संसदीय दलको विधान नबनेको र कार्यकारिणीबाट अनुमोदन पनि नभएको बताएका छन् ।

यादवले दलको नेता चयन भएको भनेर कसैले जानकारी गराएको भए त्यसलाई वैधानिकता नदिन सचिवालयलाई आग्रह गरेका छन् । अर्का अध्यक्ष ठाकुरको पत्र सचिवालयमा दर्ता भएपछि यादवको पत्र सार्वजनिक भएको हो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ५ : ०२ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन