८ चैत्र २०८२, आइतबार | March 22, 2026

भरतपुर अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण



चितवन । उद्योग सङ्घ चितवनले १० थान अक्सिजन कन्सन्ट्रेटर भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ । जिल्लाका अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा देखिएको अक्सिजन अभावलाई न्यूनीकरणका लागि कन्सन्ट्रेटर खरिद गरेर हस्तान्तरण गरिएको हो ।

सङ्घका अध्यक्ष राजु पौडेलले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।

सङ्घले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यका साथ कोरोना सङ्क्रमणको दर बढिरहेको वर्तमान अवस्थामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डअनुसार सामग्री हस्तान्तरण गरिएको हो ।

सङ्घका अध्यक्ष पौडेलले मानवीय सेवाका लागि सङ्घका तर्फबाट हस्तान्तरण गरिएको अक्सिजन कन्सन्ट्रेटर उपयुक्त ठाउँमा प्रयोग हुनेमा विश्वास व्यक्त गरे । उनले भने, “कोरोनाबाट अकालमा ज्यान जाने बिरामीलाई बचाउन सहयोग मिलोस् भनेर सामग्री हस्तान्तरण गरेका हौँ ।”

अस्पतालका अध्यक्ष डा अधिकारीले विभिन्न सङ्घसंस्थाले स्वास्थ्य सामग्री वितरण गरी मानवीय कार्यमा सहयोग गरिरहँदा पहिलो पटक चितवन उद्योग सङ्घबाट अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण हुँदा आफूहरु निकै खुशी भएको बताइ ,

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ८ : २६ बजे

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को