८ बैशाख २०८१, शनिबार | April 20, 2024

विवेकशील साझा पार्टी राष्ट्रिय सभा उपनिर्वाचनमा सहभागी नहुने



काठमाडौं । विवेकशील साझा पार्टी राष्ट्रिय सभा उपनिर्वाचनमा सहभागी नहुने भएको छ ।

विवेकशील साझाको बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले आज एक विज्ञप्ति जारी गर्दै नो भोट लागु गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर्न माग गरेका हुन् ।

‘विवेकशील साझा पार्टी राष्ट्रिय सभामा विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका बौद्धिक व्यक्तित्वहरूको उपस्थिति हुनुपर्दछ भन्ने मान्यता राख्दछ । कार्यपालिका (प्रधानमन्त्री) को चयनमा प्रत्यक्ष भूमिका नहुने सदन भएका कारण पनि राष्ट्रिय सभा सदस्यहरूले कतिपय अवस्थामा दलीय स्वार्थ भन्दा माथि उठी मुलुक र नागरिकको हितमा भूमिका खेल्न सक्नुपर्दछ भन्ने हामीलाई लाग्दछ ।’ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै, विवेकशील साझाले चुनावी मैदानमा प्रतिस्पर्धामा रहेका तिनै जना उमेदवारबाट राष्ट्रिय सभामा अपेक्षा गरेको भूमिका निर्वाह नहुने भन्दै निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको बताएको छ । ‘चुनावी मैदानमा प्रतिस्पर्धारत तिनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकोले विवेकशील साझा पार्टीले यस निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ९ : २१ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन