६ पुस २०८२, आइतबार | December 21, 2025

आजको मौसम : १, २ बागमती र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । नेपालको मौसमी प्रणालीमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ‘ताउ-ते’ थप कमजोर भई न्युनचापीय क्षेत्रका रुपमा रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही स्थान र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश २ का थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश २ र प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति प्रदेश १ र प्रदेश २ लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखी सामान्य बदली र अन्य भू-भागमा सामान्यतः सफा रहनेछ ।

प्रदेश १ र प्रदेश २ लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आजसम्म ताउ-तेको प्रभावले वर्षाको सम्भावना रहे पनि भोलिबाट क्रमशः मौसम खुल्दै जाने मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ७ : १६ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा