२१ चैत्र २०८२, शनिबार | April 4, 2026

सुदूरपश्चिम प्रदेशमा १९ हजार २८५ संक्रमित निको



डोटी । सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्कीएका छन । प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ । कैलालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित रहेका छन ।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कैलालीका १३ हजार ५८४ सङ्क्रमितमध्ये आठ हजार ५४६ जना मुक्त भएका छन । यो सङ्ख्या कैलालीका कूल सङ्क्रमित सङ्ख्याको झण्डै ६३ प्रतिशत हो ।

यहाँका अन्य पहाडी जिल्लाहरू अछाममा एक हजार ९०१, बैतडीमा ९२६, बझाङ एक हजार ५७ र बाजुरामा ६२४ सङ्क्रमित निको भएका छन । यसैगरी कोरोना सङ्क्रमण मुक्त हुनेमा डडेल्धुराका ८७६, दार्चुलाका ४०४, डोटीमा एक हजार ६३३ र कञ्चनपुरमा तीन हजार २५३ जना छन ।

निर्देशनालयका अनुसार सुदूरपश्चिममा अझै ११ हजार ४४० सक्रिय सङ्क्रमितहरू छन । कैलालीमा चार हजार ९१३, अछाममा ७८६, बैतडीमा ९६७, बझाङमा ९४१, बाजुरामा २२७ जना सक्रिय सङ्क्रमित छन ।

डडेल्धुरामा ५१४, दार्चुलामा २९५, डोटीमा ५५९ र कञ्चनपुरमा दुई हजार २२० सक्रिय सङ्क्रमित छन । सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख ९९ हजारको परीक्षण गर्दा ३१ हजार २०० मा कोरोना सङ्क्रमण देखिएको थियो ।

यो सङ्ख्या परीक्षण गरिएका कूल सङ्ख्याको १५.५७ प्रतिशत हुन आएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए । दोस्रो चरणमा सङ्क्रमितलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा तथा अक्सिजन नपाएका कारण बचाउन सकिएको छैन ।

स्वास्थ्य निर्देशक डा अवस्थीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ३९७ जनाले ज्यान गुमाएका छन । रासस

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ७ : २१ बजे

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौं । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हालेकोमा अष्ट्रेलियाले

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र