६ पुस २०८२, आइतबार | December 21, 2025

अनेरास्ववियुले दियो प्रदेश सरकारलाई एम्बुलेन्स र सव वाहन



बुटवल । अनेरास्ववियु क्षेत्र नं. १ रूपन्देहीले एउटा बिरामी बोक्न गाडी (अस्थायी एम्बुलेन्स) र अर्को सव बोक्ने गाडी लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उपलब्ध गराएको छ । अनेरास्ववियूले कोरोना महामारी अवधी भर निस्शुल्क प्रयोग गर्नेगरी २ वटा गाडी मन्त्रालयलाई उपलब्ध गराएको हो ।

देवदह नगरपालिकाले निर्माण गरेको अस्थायी कोरोना अस्पताल सित्तलनगर परिसरमा आयोजित एक कार्यक्रममा ती गाडीहरू हस्तान्तरण गरिएको हो । गाडीहरू ग्रहण गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले युवा विद्यार्थीलाई धन्यवाद दिए । उनले सबैको सहकार्य, सहयोग र साथले मात्रै कोरोना महामारीको युद्धमा विजयी प्राप्त हुने विश्वास ब्यक्त गर्दै सबै मिलेर महामारीविरुद्ध लाग्न आग्रह गरे ।

मन्त्री श्रेष्ठले अनुशासनमा रही स्वास्थ्य मापदण्ड अपनाएर सबैले एक अर्कासँग सहकार्य गरेर सकारात्मक चिन्तनका साथ अगाडी बढेमा महामारीविरुद्धको युद्धमा छिट्टै जित हासिल गर्न सकिने विश्वास समेत व्यक्त गरे । समाजका अगुवाले सामाजिक उत्तरदायित्व बहन गर्दै सुरक्षित रहेर जनतालाई सुसूचित बनाउनुपर्ने छ । उनले भने ।

हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपाने, देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदह मेडिकल कलेजका अस्पताल निर्देशक डा. बिक्रम ज्ञवाली, मन्त्रीका स्वकीय सचिव माधव सापकोटा लगायत अनेरास्ववियु तथा युवा संघमा आवद्ध युवा विद्यार्थीहरूको सहभागी रहेको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  १ : ३९ बजे

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा