१२ बैशाख २०८१, बुधबार | April 24, 2024

पार्टीको अनुशासन नमान्नेहरुसँग हिसावकिताव हुनै पर्छ : प्रधानमन्त्री ओली



काठमाडौं । नेकपा एमालेका तथा प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले नेपाल समूहले बादललाई भोट नहालेर गम्भीर अपराध गरेको भन्दै माधव समूहसँग हिसावकिताव हुने बताएका छन् ।

शुक्रबार प्रधानमन्त्रीले बालुवाटारमा गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति कारबाहीको संकेत गरे । उनले पार्टीले उठाएका उम्मेदवारलाई हराउने, सरकार ढाल्न सक्रिय हुने अनुशासनहिन गतिविधिलाई एमालेले माफ नगर्ने चेतावनी दिएका हुन् ।

‘पार्टी अनुशासनहिनता र फोहोरी मैदान अब हुँदैन ।’ उनले भने, ‘पार्टी सिद्धान्त निष्ठ र संगठित सक्रिय संस्थाको रूपमा एमाले अघि बढ्छ ।’ नेपाल समूहले लोकतान्त्रिक र राजनीतिक आचरण प्रस्तुत नगरेको ओलीले आरोप लगाए ।

प्रधानमन्त्री ओलीले बिहीबार सम्पन्न बागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेपाल समूहले गम्भीर धोका दिएको पनि बताए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  २ : १८ बजे

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको

आजको मौसम : केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न