१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ सरकार बनाउने विपक्षी गठबन्धनकाे निर्णय



काठमाडाै । विपक्षी गठबन्धनले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेका छन् । सिंहदरबार स्थित लेखा समितिकोको बैठक कक्षमा भएको विपक्षी गठबन्धनको र्बठकले नेपालको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको हो । बहुमत सांसदहरुको हस्ताक्षर सहित नेपाललाई प्रधानमन्त्रीमा नियुक्त गर्ने दावी सहित सितल निवास जाने तयारी भएको एमालेकी नेतृ रामकुमारी झाक्रीले जानकारी दिईन् ।

सांसदहरुको आवश्यक संख्याको हस्ताक्षर संकलन भईसकेको र अवको केहिबेरमा सितल निवासमा दावी पेश गर्न जाने तयारी भएको बैठकमा सहभागी एक नेताले बताए । बैठकमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, एमालेबाट भिम रावल, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन तथा जसपाबाट महेन्द्र यादव र रेणु यादवको सहभागी रहेका छन् ।

ओलीलाई कुनैपनि मुल्यमा सरकारबाट हटाउन आवश्यक भएकाले नेपाल नेतृत्वमा सरकारको दावी गर्नु परेको नेतृ झाक्रीले बताईन् ।

संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधिसभाका कुनै पनि सदस्यले आवश्यक बहुमत सहित दावी गर्न पाईने ब्यवस्था अनुसार नेता नेपालले दावी प्रस्तुत गर्न लागेकाे बताइएकाे छ । नेपाललाई समर्थन गर्दै काङ्ग्रेसका ६०, माओवादीका४७, जसपा उपेन्द्र बाबुराम समूहका १५, जनमोर्चाका १ जना र नेपाल पक्षका २१ गरि १४४ जनाले हस्ताक्षर गरेकाे स्राेतले दावी गरेकाे छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  २ : ४९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम