७ आश्विन २०८३, बुधबार | September 23, 2026

पुनः प्रधानमन्त्रीमा दाबी पेश गरेर शितलनिवासबाट बाहिरिए ओली



काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।

ओलीले एमालेका १२१ सांसद र जसपाका १६ सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपति कार्यालय शितल निवास गएका छन् ।

ओलीले १२१ जना एमाले सांसदहरुको हस्ताक्षर बुझाए पनि माधवकुमार नेपालसहित २७ जना एमाले नेताहरुले भने विपक्षी गठबन्धनलाई समर्थन गरेका छन् । त्यस्तै जसपाको उपेन्द्र यादव पक्ष विपक्षी गठबन्धनमा रहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा दाबी पेश गर्न विपक्षी नेताहरु राष्ट्रपति कार्यालयकै बैठक कक्षमा कुरेर बसिरहेका छन् ।
ओलीले आफ्नो दाबी पेश गरेर शितल निवासबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ४ : २३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११