५ श्रावण २०८३, मंगलबार | July 22, 2026

गण्डकी प्रदेशमा थपिए १०५३ जना नयाँ संक्रमित, २४ घण्टामा १९ जनाको मृत्यु



पोखरा । शुक्रबार गण्डकी प्रदेशमा १०५३ जना कोराना भाइरस कोभिड-१९ का नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका २ हजार ६७ जनामा गरिएको नमुना परीक्षणमा थप १ हजार ५३ को रिपोर्ट कोरोना संक्रमण पुष्टि भएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीमा ३८३ जना, तनहुँमा ५४ जना, गोरखामा ९८ जना, लमजुङमा ३६ जना, नवलपुरमा ७४ जना र स्याङ्गजामा ३२ जना संक्रमित थपिएका छन ।

यस्तै पर्वतमा ६५ जना, बाग्लुङमा २०४ जना र म्याग्दीमा १०७ जना संक्रमित पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ । आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३३ हजार ११३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट एकैपटक १ हजार ३९६ जना संक्रमणमुक्त भएका छन् । योसंगै, गण्डकी प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २२ हजार ७९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा थप १९ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा कास्कीका नौ जना, तनहुँका तीन जना, स्याङ्गजाका दुई जना, नवलपुरका दुई जना र पर्वतका तीन जना छन ।

योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९३ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ४ : ३३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं