१५ माघ २०८२, बिहिबार | January 29, 2026

गण्डकी प्रदेशमा थपिए १०५३ जना नयाँ संक्रमित, २४ घण्टामा १९ जनाको मृत्यु



पोखरा । शुक्रबार गण्डकी प्रदेशमा १०५३ जना कोराना भाइरस कोभिड-१९ का नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका २ हजार ६७ जनामा गरिएको नमुना परीक्षणमा थप १ हजार ५३ को रिपोर्ट कोरोना संक्रमण पुष्टि भएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीमा ३८३ जना, तनहुँमा ५४ जना, गोरखामा ९८ जना, लमजुङमा ३६ जना, नवलपुरमा ७४ जना र स्याङ्गजामा ३२ जना संक्रमित थपिएका छन ।

यस्तै पर्वतमा ६५ जना, बाग्लुङमा २०४ जना र म्याग्दीमा १०७ जना संक्रमित पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ । आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३३ हजार ११३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट एकैपटक १ हजार ३९६ जना संक्रमणमुक्त भएका छन् । योसंगै, गण्डकी प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २२ हजार ७९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा थप १९ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा कास्कीका नौ जना, तनहुँका तीन जना, स्याङ्गजाका दुई जना, नवलपुरका दुई जना र पर्वतका तीन जना छन ।

योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९३ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ४ : ३३ बजे

काठमाडौं र तराई क्षेत्र हुस्सु-कुहिरोले ढाकियो , हवाई उडान प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकासहित तराई-मधेशका विभिन्न जिल्लामा आज बिहान बाक्लो

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका-६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

धरान । धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली । नेपाल विद्युत् प्राधिकरण कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको