६ आश्विन २०८३, मंगलबार | September 22, 2026

आइपासद्धारा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान



बुटवल । कोरोना रोकथामका लागि भन्दै आइपास नेपालले लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।

जसमा स्वास्थयकर्मीका लागि पिपिई सेट ८० थान दिएको छ । यस्तै एक सय एमएलका १ सय थान ह्याण्ड सेनिटाइजर, ८ हजार थान सर्जिकल माक्स र ३ सय थान केएन ९५ माक्स हस्तान्तरण गरेको छ ।

उक्त सामाग्री आइपासका प्रदेश कार्यक्रम संयोजक जीवन देवकोटाले मन्त्री भोजप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । सुरक्षा सामाग्री लिदै मन्त्री श्रेष्ठले कोरोना रोकथाम र नियन्त्रणमा सरकारसंगै गैरसरकारी निकाय पनि लाग्नुपर्ने बताए ।

सुरक्षीत मातृत्व र प्रजनन् शिक्षामा कार्यरत आइपासले यसअघि पनि प्रदेश सरकारलाई सुरक्षा सामाग्री प्रदान गरेको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ५ : ४२ बजे

पेरिसडाँडामा नेकपाको केन्द्रीय संयोजन समितिको बैठक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक सुरु

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा

दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध

काठमाडौं । आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच