१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

स्वास्थ्य सङ्कटकालबीचमा पनि टोकियो ओलम्पिक तयारी तीव्र



टोकियो । जापानको राजधानी टोकियोमा हुने तय भएको ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका पूर्व उपाध्यक्ष तथा टोकियो ओलम्पिकका इन्चार्ज जोन कोट्सले जापानका धेरै ठाउँमा सङ्कटकाल लागु भएको भए पनि ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको शुक्रवार जानकारी दिएका हुन ।

अघिल्लो वर्षका लागि तय गरिएको टोकियो ओलम्पिक कोरोनाभाइरसको महामारीका कारण एक वर्ष पछाडि सारिएको हो । प्रतियोगिता एक वर्ष पछाडि सार्दा समेत महामारी कायमै रहे पनि प्रतियोगिता सञ्चालन गर्ने गरी अहिले तयारी भइरहेको हो ।

प्रतियोगिताको उद्घाटन हुन अब दुई महिना मात्रै बाँकी रहँदा पनि जापानका धेरै ठाउँमा कोरोनाभाइरस नियन्त्रणका लागि सङ्कटकाल लगाइएको छ । जापानमा अहिले पनि कोरोनाभाइरसबाट मृत्यु भएका र सङ्क्रमित भएकाहरूको सङ्ख्यामा वृद्धि हुँदै आएको अधिकारीहरूले जनाएका छन ।

अस्ट्रेलिया ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका कोट्सले भर्चुअल माध्यम मार्फत अस्ट्रेलियाबाट नै प्रतियोगिताको तयारी सन्तोषजनक तरिकाले नै अगाडि बढिरहेको जानकारी दिए ।

प्रतियोगिताका आयोजकहरू मध्येका सरोकारवालाहरूसँग भएको तीन दिने बैठकपछि उनले स्वास्थ्य विज्ञहरूको सल्लाह अनुसार तयारीका कामहरू भइरहेको बताए । त्यसै गरी विश्व स्वास्थ्य सङ्गठनका मान्यता र निर्देशिकालाई पनि ध्यान दिइएको उनको भनाइ छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ७ : ०५ बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल