९ चैत्र २०८२, सोमबार | March 24, 2026

यो कुनै मध्यावधी चुनाव हैन, संविधान खारेज गर्ने प्रपंच हो : डा.बाबुराम भट्टराई



काठमाडौं । पूर्व प्रधानमन्त्री एवम जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेका मध्यावधि निर्वाचन नभई संविधान खारेजको प्रपञ्च भएको बताएका छन् ।

शनिवार बिहान एक ट्वीट गर्दै डा. भट्टराईले भित्री बाहिरी प्रतिगामी शक्तिहरूको षड्यन्त्र र सेटिङमा फेरि प्रतिक्रान्तिकारी हर्कत शुरू हुनु राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कुकर्म रहेको बताएका छन् । यस्तै, उनले यसको प्रतिवादमा उत्रिन आह्वानसमेत गरेका छन् ।

उनले ‘गत पुस ५ बाट जुन अलोकतान्त्रिक,असंवैधानिक र प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म’ भन्दै संविधान खारेज गर्ने प्रपञ्च भएकाले प्रतिवादका लागि एकजुट हुन आव्हान गरेका छन् ।

ट्वीटमा लेखेका छन्, ‘भित्री-बाहिरी प्रतिगामी शक्तिहरूको षड्यन्त्र-सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक,असंवैधानिक र प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म । यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच हो । एकजुट होऊॅ : प्रतिवाद गरौं ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ८ : १७ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११