४ श्रावण २०८२, आइतबार | July 20, 2025

भक्तपुरमा संक्रमण र मृत्युदर बढ्दै, ९५ प्रतिशत संक्रमित होमआइसोलेसनमा



भक्तपुर । भक्तपुरमा कोभिड-१९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको छ ।

भक्तपुरमा शुक्रबारसम्म २७१ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण फैलिएसँगै भक्तपुरमा सङ्क्रमण र मृत्युको सङ्ख्या बढ्दै गएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

उनका अनुसार जिल्लामा अहिलेसम्म १७ हजार ५७६ कूल सङ्क्रमित रहेकामा चार हजार ५५५ सक्रिय सङ्क्रमित छन् । अस्पताल तथा विभिन्न आइसोलेसनमा २३९ सङ्क्रमित छन् । होमआइसोलेशनमा चार हजार १३४ बिरामी छन् । अहिलेसम्म १२ हजार ९९० सङ्क्रमित निको भएका छन् ।

सङ्क्रमणका कारण भक्तपुरमा एकैदिन १४ जनासम्मको मृत्यु भएको छ । गएको दुई सातादेखि भक्तपुरमा लगातार सङ्क्रमितको मृत्यु भइरहेको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा सङ्क्रमितले शय्या पाउन सकिरहेका छैनन् । शय्या नभएर कतिपय बिरामीलाई अस्पतालको गेटबाटै फर्काउने गरिएको प्रमुख मिजार बताउँछन् । अस्पतालमा रहेकाहरुको पनि अक्सिजन अभाव भएर समस्या आएको छ ।

सक्रिय सङ्क्रमित र मृत्युमध्ये सबभन्दा धेरै मध्यपुरथिमि, त्यसपछि सूर्यविनायक, त्यसपछि भक्तपुर नगरपालिकामा रहेको छ भने चाँगुनारायण नगरपालिकामा यी अनुपातमा ५० प्रतिशत सङ्क्रमण र मृत्युदर कमी रहेको छ । जिल्लामा चार हजार ५५५ सक्रिय सङ्क्रमित रहेकामध्ये विभिन्न आइसोलेसन केन्द्रमा र होमआइसोलेशनमा भने चार हजार २५६ रहेका छन् ।

सङ्क्रमितमध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेको उनको भनाइ छ । उनका अनुसार सङ्क्रमितमध्ये अस्पतालबाट निको भएर फर्कनेको सङ्ख्या ७१ प्रतिशत रहेको छ । सङ्क्रमणका कारण कोभिडको उपचार गराइरहेका भक्तपुरका सबै अस्पतालका शय्या भरिएका छन् । अक्सिजन नहुँदा भर्ना भएका बिरामीको उपचारमा पनि निकै समस्या आएको छ ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा समित्रा गौतमले सबै शय्या कोरोना सङ्क्रमित बिरामीले भरिएको बताइन् । उनले अक्सिजन र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न सके अस्पताल आएका सबै बिरामीको उपचार सहज हुने बताइन् । रासस

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ९ : ११ बजे

नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक वाइल्डले दिए राजीनामा

काठमाडौं । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे

जलजला जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत । मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

गलकोट । शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम