१९ बैशाख २०८१, बुधबार | May 2, 2024

एमाले वरिष्ठ नेता नेपालले भने संसद विघटन प्रतिगमन भाग २



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपति बिद्या भण्डारीको कदमलाई प्रतिगमन भाग २ भएको बताएका छन् । उनले आफ्नो फेसबुक एकाउण्टमा प्रतिक्रिया पोष्ट गर्दै फेरि पनि संसदको चीरहरण भएको टिप्पणी गरेका छन् ।

वरिष्ठ नेता नेपालले सितलनिवासबाट व्यवस्थामाथि नै कू गर्न खोजिएको टिप्पणी पनि गरेका छन् । ‘यो व्यवस्था नै कू गर्ने अग्रसरता हो ।’ नेपालले भनेका छन्, ‘शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।’

उनले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको भन्दै प्रतिगमन दोहोरिएको बताएका छन् ।’संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो ।’ नेता नेपालले लेखेका छन् ।

नेपालले प्रधानमन्त्री केपी ओलीको यो कदमको भर्त्सना गर्दै सबैलाई डटेर प्रतिवाद गर्न पनि आह्वान गरेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ९ : ३४ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी