४ पुस २०८२, शुक्रबार | December 19, 2025

सामूहिक रणनीति बनाउन विपक्षी गठबन्धनको संयुक्त बैठक बस्दै



काठमाडौं । विपक्षी गठबन्धनको संयुक्त बैठक बस्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेसँगै संयुक्त बैठक बस्ने भएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा शनिबार बिहान ११ बजे बस्न लागेको स्रोतले जनाएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको असन्तुष्ट माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले साझा धारणा बनाउन संयुक्त बैठक बोलाएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए ।

नेपालको संविधानको धारा ७६(५) अनुसार नयाँ प्रधानमन्त्रीका लागि दाबी नपुग्ने ठहर राष्ट्रपति कार्यालयले गरेपछि भएको प्रतिनिधिसभा विघटनको निर्णयबाट विपक्षी दलका नेताहरू आक्रोशित बनेका छन् ।

धारा ७६(५) अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेश गरेका दाबीले विश्वासको मत पाउने आधार नभएको ठहर गर्दै राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्री नियुक्त गरेन । त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेकी छन् ।

शुक्रवार मध्यराति राष्ट्रपति भण्डारीबाट प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ कात्तिक २६ गते शुक्रवार र दोस्रो चरणको निर्वाचन २०७८ मंसिर ३ गते शुक्रवार सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  १० : ४६ बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१