२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

राष्ट्रपति र प्रधानमन्त्री मिलेर मध्यरातमा प्रतिनिधिसभाको हत्या गरे : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई निजी सम्पतीका रुपमा दुरुपयोग गरेको आरोप लगाएका छन् ।

सभापति देउवाले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै संविधानलाई राष्ट्रपति र प्रधानमन्त्रीले निजी सम्पत्तिका रूपमा आफूअनुकूल प्रयोग गरेको आरोप लगाएका हुन् । देउवाले विज्ञप्तिमा राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरेको बताएका छन् ।

देउवाले विज्ञप्तीमा भनेका छन्, ‘यो सरकार गठनपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन, विधि र पद्धतिको वेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको छ ।’

सभापति देउवाले संविधान देउवाले नेपाली जनता सुतेको बेला मध्यरातमा राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधि सभाको हत्या गर्ने गरेको आरोप लगाएका छन् । संविधान बमोजिम राष्ट्रपतिले तत्काल आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा त्यसलाई इन्कार गरेर प्रतिनिधिसभा हत्या गरेको उनले जिकिर गरेका छन् ।

देउवाले भनेका छन्, ‘मैले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमतसहित १४९ जना सांसदहरूको हस्ताक्षरसहित तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा त्यसलाई इन्कार गर्नुभयो। बरू एकपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्कोपटक बहुमत देखाउन नसक्ने स्वयम घोषणा गरी सकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन्,’

देउवाले भनेका छन्, ‘प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिश गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, संविधान बमोजिम नियुक्त गर्नु पर्ने म प्रतिनिधि सभाका सदस्यलाई नियुक्त गर्नु पर्ने र दावी नै गर्न नमिल्ने माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य हुन् । यी काम राष्ट्रपति र प्रधानमन्त्रीको वदनियतपूर्ण ढंगले मिलोमतोमा षडयन्त्रपूर्वक भएका छन् भन्ने तथ्य प्रधानमन्त्री नियुक्त भएको १ घण्टामा सबै नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गरेको घटनाबाट प्रमाणित भएको छ । राष्ट्रपति र प्रधानमन्त्री षडयन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न उद्धत रहेका छन् भन्ने नेपाली कांग्रेस ठहर गर्दछ ।’

अल्पमतमा परिसकेका र बहुमत जुटाउन नसकेका केपी शर्मा ओलीलाई नै निरन्तरता दिएर राष्ट्रपतिले असंवैधानिक र अनैतिक काम गरेको आरोप लगाएका छन् ।

देउवाले संविधानलाई संकटमा पारिएको जिकिर गर्दै लोकतन्त्रवादी शक्तिलाई संविधान रक्षाका लागि एकजुट हुन आह्वान गरेका छन्।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  १ : ०७ बजे

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो, २३.९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा

पश्चिम नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना

काठमाडौं। पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन