१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न आयोगका पदाधिकारीलाई प्रधानमन्त्री ओलीको निर्देशन



काठमाडौं । मध्यराती राष्ट्रपतिबाट मध्यावधि निर्वाचनको घोषणा गराएका प्रधानमन्त्री केपी ओलीले आज निर्वाचन आयोगका पदाधिकारीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् । आयोगका पदाधिकारीहरुलाई निवासमै बोलाएर प्रधानमन्त्री ओलीले घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

बालुवाटारमा पुगेका आयोग पदाधिकारीलाई उनले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए । उनले पदाधिकारीसँग राजनीतिक निकास अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ नै अघि बढेको स्पष्ट पारेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिसमा मध्यराति दुई चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकेकी छन् ।

निर्वाचनको मिति तोकेपछि प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत अन्य आयुक्तसंँग पनि आज छलफल गरेका हुन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ४ : २३ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण