१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

कैलालीमा घटेन कोरोना संक्रमण



धनगढी । दोस्रो लहरको कोभिड–१९ बाट सङ्क्रमित र मृत्यु हुने सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा एक हजार एकमा नमूना परीक्षण गर्दा पाँच सय ३८ मा भाइरस पुष्टि भएको छ ।

अस्पतालमा शुक्रबार दुई सय २९ र बिहीबार चार सय ६४ मा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार २४ घण्टाको अवधिमा अस्पतालतमा तीन र गोदावरी नगरपालिकामा चार सङ्क्रमितको निधन भएको थियो ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ८ का ५८ वर्षीय पुरुष, धनगढी– २ का ६५ वर्षीय पुरुष, धनगढी– १२ का ४२ वर्षीय पुरुष र गोदावरी – ४ का ३५ वर्षीय पुरुष रहेका छन् ।

अस्पतलामा मात्रै हालसम्म एक सय ४५ को मृत्यु भइसकेको अस्पतालले जनाएको छ । अस्पतालमा हाल एक सय तीन सङ्क्रमित उपचाररत् छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ४ : ५२ बजे

माउन्टेन डिउ पिएपछि वाकवाकी भएको गुनासो, सरकारले रोक्यो सम्बन्धित ब्याचको बिक्री

काठमाडौं । सामाजिक सञ्जालमा एक उपभोक्ताले माउन्टेन डिउ सेवन गरेपछि

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण

राष्ट्रिय दलित आयोगका सदस्य कामीद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा

सेन्सर बोर्डको सदस्यमा निर्देशक मनोज पण्डित नियुक्त

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा