१२ बैशाख २०८१, बुधबार | April 24, 2024

झलनाथ खनाल र माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय



काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

एमाले स्थायी कमिटीको आज बसेको बैठकले नेता नेपालसहितका सांसदहरुलाई पार्टी अनुशासन उल्लंघन गरेको विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले आफ्नै पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी गठबन्धनका उम्मेदवारलाई सघाउन हस्ताक्षर गरेको अभियोगमा खनाल नेपालसहितका नेताहीमाथि कारवाही प्रक्रिया सुरु गर्नका लागि स्पष्टीकरण सोध्न लागेको हो ।

तर, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेतासँग भने यसपकटक स्पष्टिकरण मागिएको छैन । खनाल, नेपाल र रावलबाहेक स्पष्टिकरण सोधिएका अरु सबै समानुपातिक सांसदहरु हुन ।

एमालेले केहीदिन अघि मात्र नेपालसहितका नेताहरुमाथि गरेको ६ महिने निलम्बनको कारवाही फिर्ता लिएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ७ : ०५ बजे

आजको मौसम : केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न

रुपन्देहीको मोर्डन स्कुलको वार्षिक उत्सव सम्पन्न

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका बुद्धनगरमा रहेको रुपन्देही मोर्डन बोडिङ्ग

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,