२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

स्पेनिस ला लिगाकाे उपाधि एट्लेटिको मड्रिडले उचाल्याे



स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ । गएराति भएको अन्तिम खेलमा खेलमा भालाडोलिडलाई २-१ गोलले हराउँदै एट्लेटिकोले उपाधि जितेको हो ।

उसका लागि एञ्जेल कोरेया र लुइस सुआरेजले गोल गरे । भालाडोलिडले १८ औं मिनेटमा गोल गर्दै अग्रता बनाए पनि त्यसलाई उल्ट्याउँदै एट्लेटिकोले सन् २०१४ पछि पहिलोपटक ला लिगाको उपाधि जित्न सफल भयो ।

गएराति एट्लेटिको मड्रिड बराबरीमा रोकिएको या हारेको भए उपाधि रियल मड्रिडको नाममा हुने थियो । रियलले हिजो नै भिलारियललाई २-१ गोलले हराएको थियो ।

यस्तै स्टार खेलाडी लियोनल मेस्सीविनाको खेलमा बार्सिलोनाले एइबरलाई १-० गोलले हराएको छ । ला लिगाको उपाधि जितेको एट्लेटिकोले ८६ अङ्कसहित सिजनको अन्त्य गरेको छ । यस्तै ८४ अङ्कसहित रियल मड्रिड दोस्रो र ७९ अङ्कसहित बार्सिलोना तेस्रो स्थानमा रहेर यो सिजनको यात्रा टुङ्ग्याएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ६ : ३६ बजे

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख