११ बैशाख २०८१, मंगलबार | April 24, 2024

स्पेनिस ला लिगाकाे उपाधि एट्लेटिको मड्रिडले उचाल्याे



स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ । गएराति भएको अन्तिम खेलमा खेलमा भालाडोलिडलाई २-१ गोलले हराउँदै एट्लेटिकोले उपाधि जितेको हो ।

उसका लागि एञ्जेल कोरेया र लुइस सुआरेजले गोल गरे । भालाडोलिडले १८ औं मिनेटमा गोल गर्दै अग्रता बनाए पनि त्यसलाई उल्ट्याउँदै एट्लेटिकोले सन् २०१४ पछि पहिलोपटक ला लिगाको उपाधि जित्न सफल भयो ।

गएराति एट्लेटिको मड्रिड बराबरीमा रोकिएको या हारेको भए उपाधि रियल मड्रिडको नाममा हुने थियो । रियलले हिजो नै भिलारियललाई २-१ गोलले हराएको थियो ।

यस्तै स्टार खेलाडी लियोनल मेस्सीविनाको खेलमा बार्सिलोनाले एइबरलाई १-० गोलले हराएको छ । ला लिगाको उपाधि जितेको एट्लेटिकोले ८६ अङ्कसहित सिजनको अन्त्य गरेको छ । यस्तै ८४ अङ्कसहित रियल मड्रिड दोस्रो र ७९ अङ्कसहित बार्सिलोना तेस्रो स्थानमा रहेर यो सिजनको यात्रा टुङ्ग्याएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ६ : ३६ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना