४ पुस २०८२, शुक्रबार | December 19, 2025

परमादेशको मागसहित पाँच विपक्षी दल भोलि मात्र सर्वोच्च जाने



काठमाडौं । पाँच विपक्षी दलले प्रतिनिधिसभा विघटन विरुद्ध भोलि मात्रै सर्वोच्चमा रिट दर्ता गर्नेभएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश माग गर्दैै पाँच दलले सर्वोच्च अदालतमा भोलि रिट दर्ता गर्न लागेका हुन् । आज समयअभावका कारण भोलि बिहान १० देखि ११ बजेको बीचमा सर्वोच्चमा रिट दर्ता हुने भएको हो । सांसदहरुले व्यक्तिगत रुपमा रिट दर्ता गर्नेभएका छन् ।

यसअघि पाँच विपक्षी दलका शीर्ष नेता र सांसदहरु संसद भवन नयाँ वानेश्वरमा छलफल गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलसहितका नेताहरु र सांसदहरु संसद भवनमा भेला भएका थिए ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आआफ्ना सांसदहरुको छुट्टाछुट्टै हस्ताक्षर संकलन र नागरिकताको फोटोकपी संकलन गरेका दलहरुले अब संयुक्त रूपमा संकलनका लागि नयाँ बानेश्वरमा भेला भएका थिए ।

यसअघि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कानूनव्यवसायीहरुसँग छलफल गरेपछि विपक्षी दलहरुले सर्वोच्चमा परमादेशको मागसहित रिट दर्ता गर्ने निर्णय गरेका थिए ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार १४९ जना सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेश गर्दा पनि त्यसलाई अस्वीकार गरिएकाले सीधै प्रधानमन्त्री पदमा नियुक्तिको परमादेशको माग गर्न लागेका हुन् ।

रमेश लेखक, राधेश्याम अधिकारी, देव गुरूङ र उपेन्द्र यादवले परमादेश ड्राफ्ट तयार पारेका छन् । ड्राफ्ट तयार पार्न कानूनव्यवसायीरु सतीशकृष्ण खरेल, योगेन्द्र कार्की, गोविन्द बन्दी, मुक्ति प्रधानले सहयोग गरेका छन् ।

 

 

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ३ : ३४ बजे

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी