७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

गण्डकी प्रदेशमा थपिए ९४६ जना नयाँ संक्रमित, १७ जनाको मृत्यु



पोखरा । आइतबार गण्डकी प्रदेशमा ९४६ जना कोराना भाइरस कोभिड-१९ का नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार ९४६ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज पुष्टि भएका संक्रमित प्रदेशका १० जिल्लाका छन् । जस अनुसार कास्कीका २९५ जना, तनहुँका ६१ जना, गोरखाका १७१ जना, लमजुङका ८ जना, नवलपुरका २५ जना र स्याङ्गजाका ९० जना रहेका छन ।

यस्तै, पर्वतका १८ जना, बाग्लुङका ९५ जना, म्याग्दीका १८१ जना र मुस्ताङ जिल्लाका दुई जनामा संक्रमण पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ । आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३४ हजार ५८२ पुगेको छ ।

प्रदेशमा आज थप १७ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा कास्कीका चार जना, स्याङ्गजाका चार जना, तनहुँका एक जना, पर्वतका एक जना, गोरखाका दुई जना, लमजुङका एक जना, नवलपुरका एक जना र म्याग्दीका तीन जना रहेका छन ।

योसंगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३१ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ४ : ३८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल