३१ भदौ २०८३, बुधबार | September 16, 2026

गण्डकी प्रदेशमा थपिए ९४६ जना नयाँ संक्रमित, १७ जनाको मृत्यु



पोखरा । आइतबार गण्डकी प्रदेशमा ९४६ जना कोराना भाइरस कोभिड-१९ का नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार ९४६ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज पुष्टि भएका संक्रमित प्रदेशका १० जिल्लाका छन् । जस अनुसार कास्कीका २९५ जना, तनहुँका ६१ जना, गोरखाका १७१ जना, लमजुङका ८ जना, नवलपुरका २५ जना र स्याङ्गजाका ९० जना रहेका छन ।

यस्तै, पर्वतका १८ जना, बाग्लुङका ९५ जना, म्याग्दीका १८१ जना र मुस्ताङ जिल्लाका दुई जनामा संक्रमण पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ । आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३४ हजार ५८२ पुगेको छ ।

प्रदेशमा आज थप १७ जनाको मृत्यु भएको छ । आज मृत्यु हुनेमा कास्कीका चार जना, स्याङ्गजाका चार जना, तनहुँका एक जना, पर्वतका एक जना, गोरखाका दुई जना, लमजुङका एक जना, नवलपुरका एक जना र म्याग्दीका तीन जना रहेका छन ।

योसंगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३१ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ४ : ३८ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।