१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बुटवल उपमहानगरद्वारा एक महिनाको अवधिमा ५ हजार बढीलाई कोभिडविरुद्धको दोस्रो खोप प्रदान



बुटवल । कोरोना महामारीको दोस्रो लहरसँगै बुटवल उपमहानगरपालिकाले एक महिनाको अवधिमा ५ हजार बढीलाई कोभिड-१९ विरुद्ध दोस्रो मात्राको खोप प्रदान गरेको छ ।

उपमहनगरले वैशाख महिनाभित्र मात्रै ५ हजार ७३० जनालाई कोभिड-१९ विरुद्धको (दोस्रो डोज) खोप प्रदान गरेको हो ।

जनतालाई सुरक्षित राख्न भन्दै बुटवल उपमहानगर पालिकाले घरदैलोसहित आयुर्वेदिक औषधि वितरण तथा स्वास्थ्य जानकारी, अक्सिजन बैंक सेवा, आइसोलेशन सेवा तथा निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । कोरोनाको दोस्रो लहर सुरुभएदेखि वैशाख महिनाभित्र मात्रै उपमहानगरले १ हजार ५३७ जनालाई निःशुल्क रुपमा आर्युवेदिक औषधिसहित स्वास्थ्य जानकारी, १७५ जनालाई निःशुल्क एम्बुलेन्स सेवा तथा २९८ जनालाई अक्सिजन सेवा उपलब्ध गराएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी गराए ।

बुटवल उपमहानगरमा हालसम्म ९ हजार ६१९ जना कोरोना संक्रमित भएका मध्ये ७ हजार ७३४ जना उपचारपछि निको भएका छन् भने १ हजार ७५८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाको लोस्रो लहरमा मात्रै बुटवलका ७२ जनाले ज्यान गुमाएका छन् । यसैगरी कोरोनामा ज्यान गुमाउनले कूल संख्या १२७ पुगेको छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेका रुपन्देहीका स्थानीय निकायहरु मध्य पहिलोमा रहेको बुटवल उपमहानगरमा पछिल्लो समय संक्रमितको संख्या घट्दै गएको प्रवक्ता रेग्मीले जानकारी गराए ।

कोभिड विरुद्धको अभियान स्वरुप उपमहानगरले स्वास्थ्यकर्मीहरुको समूहसहित घरदैलो कार्यक्रम तथा सचेना, होटल आइसोलेशन तथा होम आइसोलेशनमा रहेका संक्रमितहरुलाई आवश्यकता अनुसार चिकित्सकीय परामर्श सेवा, २४ सै घण्टा सेवा दिने गरी २ वटा एम्बुलेन्स परिचालन तथा मृतक संक्रमितहरुको शव व्यवस्थापनका लागि सहजीकरण गर्दै आएको छ ।

उपमहानगरले वैशाख महिनामा मात्रै १ हजार ११५ जनाको निःशुल्क पीसीआर परीक्षण गरेको थियो । परीक्षण गरिएका मध्ये हालसम्म ८७७ जनाको रिपोर्ट आएको र ती मध्ये ५११ जनाको पोजेटिभ भेटिएको बुटवल उपमहानगरका सूचना अधिकारी मत्रिमणी खनालले जानकारी गराए । अन्य २४८ जनाको मध्ये रिपोर्ट आउन बाँकी रहेको छ ।

संकलन गरिएका स्बाव परीक्षणका लागि भैरहवाको गहुँबारीमा सञ्चालित प्रादेशिक प्रयोगशाला पठाइएको भए पनि ल्यावमा आएको प्राविधि समस्याका कारण रिपोर्ट आउन ढिला भएको खनालले जानकारी गराए । ल्याब पुनः सञ्चालनमा आएकोहुँदा केही दिनमै बाँकी रहेका स्बावको रिपोर्ट पनि आउने उनले बताए ।

गत वर्षको जस्तै उपमहानगरले बुटवल-११ देविनगर स्थिती एन्फा एकेडेमीमा आइसोलेशन स्थापना गरेको छ । आइसोलेशनबाट ४० जनाले सेवा लिएका छन् । सेवा लिने मध्ये ११ जना निको भएर घर फर्किएका छन् भने १८ जनालाई थप उपचारका लागि अन्यत्र बठाइएको छ । यसैगरी ११ जना संक्रमित आइसोलेशन सेन्टरमै सेवा लिइरहेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ६ : ३१ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११