१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

जसपामा कारबाही होडबाजी



काठमाडौं । फुटनजिक पुगेको जनता समाजवादी पार्टी ९जसपा० विवाद चर्किंदै गएपछि एकअर्कोलाई कारबाही र निर्णय अवज्ञा गर्ने होडबाजी नै चल्न थालेको छ ।

सरकार निर्माण विषयलाई लिएर पार्टीशीर्ष नेता दुई समूहमा विभाजित भएपछि आन्तरिक विवाद चर्किंदै गएको हो । विवाद उत्कर्षमा पुगेकै बेला एकाले अर्को पक्षलाई कारबाही र अर्को पक्षले निर्णय अवज्ञा गर्नेक्रम बढेको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता एवं संसदीय दलका नेता राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्दै अघि बढिरहेका छन् ।

तर, जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई समूह विपक्षी गठबन्धनसँग सहकार्य गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा सहभागी छन् । पार्टीशीर्ष नेता नै दुई समूहमा विभाजित भएपछि जसपा फुट्ने सम्भावना बढेर गएको छ । फुटनजिक पुगेको जसपा अध्यक्ष यादव समूहले पार्टी नेतालाई कारबाही गर्ने निर्णयसमेत गरेको छ ।

यादव समूह कार्यकारिणी समिति बैठकले पार्टी हितविपरीत कार्यमा संलग्नलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिएका छन् ।

पार्टी नीति, सिद्धान्त, विचार, एजेन्डा, विधान र कार्यदिशाविपरीत कार्य गर्दै/गराउँदै हिँड्ने अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, कार्यकारिणी समिति सदस्यद्वय लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधिएको छ । त्यस्तै, ‘प्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने स्पष्ट गरिएको’ खतिवडाले बताए ।

उनका अनुसार पार्टीविरोधी गतिविधिमा संलग्न अन्यबारे आवश्यक सूचना संकलन गर्ने र यथोचित कारबाही प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ । शनिबार र आइतबार बसेको बैठकले पार्टी कार्यकारिणी समिति बैठक बोलाउने र निर्णय प्रमाणितलगायत अधिकार अध्यक्ष यादवलाई दिने निर्णय गरेको छ ।

बैठकले पार्टी संसदीय दलको विधान अझै अनुमोदन नगरेकाले ‘कोही पनि दलको नेता चयन भएको खबर अफवाह भएको’ पनि जनाएको छ । यसैगरी, कर्ण र शुक्ल सदस्य रहेको कुनै कार्यदल नबनाइएको पनि स्पष्ट पारिएको छ ।

ठाकुर र महतो समूहले सरकारसँगको सहमतिअनुसार कर्ण र शुक्ल सदस्य रहनेगरी संविधान संशोधन कार्यदल गठन गराएपछि यादव समूहले कुनै कार्यदल नबनेको जनाएको छ । राजधानी दैनिकमा सुभाष साहले लेखेका छन ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ७ : १७ बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर