१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

यसरी हुँदै छ, ‘ननकोभिड’को उपचार



काठमाडौं । कोरोना संक्रमित संख्या बढिरहेकै बेला अन्य बिरामीसमेत मारमा परेका छन् । मुख्यतः दीर्घरोगी र नियमित औषधि सेवन गर्ने मर्कामा परेका छन् । यो अवस्थामा अधिकांश कोभिड अस्पतालका रूपमा रूपान्तरण गरिएको छ ।

खासगरी मिर्गौला, मुटुरोग, क्यान्सर, हाडजोर्नी, नसालगायत दीर्घरोगका बिरामी कोरोना महामारीबीच बढी प्रताडित छन् । यद्यपि, स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका सबै सरकारी अस्पताल ‘कोभिड अस्पताल’ बनाउने निर्णय गरेको छ ।

निषेधाज्ञाका कारण दीर्घरोगीलाई आवतजावतमा समस्या हुँदै आएको छ । काठमाडौंका विभिन्न अस्पताललगायत देशबाहिरै गएर उपचार गराइरहेका बिरामीले प्रत्यक्ष चिकित्सक भेटेर ‘फ्लोअप’ गर्न पाएका छैनन् ।

‘मेरो छाती एकदमै दुख्छ, एकपटक काठमाडौं गएर चेकजाँच गरौं भनेको सार्वजनिक गाडी पनि चल्दैनन्,’ कपिलवस्तु चन्द्रौटाका श्याम त्रिपाठीले आइतबार बताए, ‘एम्बुलेन्समा जाऊँ भने महँगो पर्छ । फेरि काठमाडौं आएपछि उपचार नपाइने हो कि रु भन्ने चिन्ता पनि छ ।’

केही सरकारी अस्पतालले मिर्गौलापीडितलाई डायलासिस र थप उपचारका लागि समेत ‘बेड नभएको’ भन्दै फर्काउने गरेको पाइएको छ । मुटु, मिर्गौला तथा क्यान्सरका बिरामीसमेत प्रत्यक्ष मारमा परेका छन् ।

सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन छुट्टै ‘ननकोभिड’ अस्पताल व्यवस्था गरिए सहज हुने बताउँछन् । ‘कोभिड अस्पतालमा कोरोना संक्रमण नभएका जानै डराउँछन्,’ उनी भन्छन्, ‘मुख्यतः गर्भवती, दीर्घरोगी, आकस्मिक शल्यक्रियाका बिरामी पनि हुन्छन् । कोरोना संक्रमण नभएकाको बिरामी उपचार गराउने सरकारी अस्पतालको सूची सार्वजनिक गरे सहज हुनेछ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार ‘ननकोभिड’मध्ये प्रायः खोप लगाउनुपर्ने बालबालिका, गर्भवती, क्यान्सरका बिरामी अस्पताल आउनुपर्नेहुन्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने ‘ननकोभिड’ उपचार सेवा प्रभावित नभएको दाबी गर्छन् ।

‘ननकोभिडका लागि अस्पतालमा छुट्टै ब्लग व्यवस्थासहित उपचार भइरहेको छ, सेवा रोकिएको छैन,’ प्रवक्ता डा. गौतमले भने, ‘इमर्जेन्सी अप्रेसनसमेत भइरहेको छ ।’ उनका अनुसार बालबालिकाका लागि खोप र क्यान्सर, मुटुरोगीको उपचार निरन्तर जारी छ ।

तर, अधिकांश अस्पतालमा हाल ‘ननकोभिड’ बिरामीको पूर्वयोजनासहित पित्तथैली शल्यक्रिया, पाठेघरको ट्युमर निकाल्नुपर्नेलगायत सेवा रोकिएको अवस्था छ । राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ७ : २१ बजे

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना

मतदाता आकर्षित गर्न आ-आफ्नै ‘एजेन्डा’

काठमाडौं । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा

संखुवासभा-ताप्लेजुङ सीमाक्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमाक्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का

निर्वाचन आउन ६ दिन बाँकी : निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३