१० चैत्र २०८२, मंगलबार | March 24, 2026

आजको मौसम : पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना



काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १ र प्रदेश २ का साथै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा तराईका केही भू-भागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ ।

प्रदेश १ का पहाडी भू-भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले बताएको छ ।

आजराती देशका केही स्थानमा सामान्य बदली रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले अपराह्नतिर वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ८ : ०१ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११