४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमाले सुदुरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी, सरकारबाट बाहिरिने सम्भावना कम



धनगढी । नेकपा एमालेको सुदुरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी छ । धनगढीमा बसिरहेको बैठकमा सरकारलाई दिँदै आएको समर्थन कायम या फिर्ताबारे निर्णय लिइने भएको छ ।

सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले २४ घण्टाभित्र सरकारबाट बाहिरन निर्देशन दिएको थियो ।

माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदुरपश्चिम सरकारबाट बाहिरिएर आफ्नै नेतृत्वमा सरकार बनाउन एमाले केन्द्रले प्रदेशलाई निर्देशन दिएको छ । तर, सदुरपश्चिम प्रदेशमा अध्यक्ष केपी ओली समुह निकै कमजोर रहेको छ । ५२ जना सांसद रहेको प्रदेशसभा सभामुखसहित २५ जना सांसदहरु एमालेका छन् । ती मध्ये ओलीको पक्षमा जम्मा ६ जनामात्र सांसद रहेका छन् । आजको बैठकमा ओली पक्षका ३ जना मात्र सांसदहरु उपस्थित छन् ।

सुदुरपश्चिम एमालेमा प्रभावशाली नेता भीम रावलको प्रभाव रहेको छ । तर, ओलीले नेपाल खनालसँगै रावललाई पनि पार्टीबाट निस्काशन गरिसकेका छन् । त्यसैले एमाले विभाजनको प्रभाव सुदुरपश्चिम प्रदेशमा पनि पर्ने पक्का देखिएको छ । स्थायी कमिटीको निर्देशन पछि बसेको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पार्टीको निर्देशन भएपनि नेपाल खनाल पक्ष बलियो भएका कारण सरकारबाट बाहिरिने सम्भावना निकै कम रहेको बताइएको छ ।

हाल, मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा रहेको सरकारमा एमालेको तर्फबाट रावल निकट प्रकाशबहादुर शाहसहित तीन जना मन्त्री छन् । एमालेबाटै मन्त्री बनेका पठानसिंह बोहोरालाई भने मुख्यमन्त्री भट्टले केही महिना अघि बर्खास्त गरेका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  १० : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको