५ श्रावण २०८३, मंगलबार | July 22, 2026

एमाले सुदुरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी, सरकारबाट बाहिरिने सम्भावना कम



धनगढी । नेकपा एमालेको सुदुरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी छ । धनगढीमा बसिरहेको बैठकमा सरकारलाई दिँदै आएको समर्थन कायम या फिर्ताबारे निर्णय लिइने भएको छ ।

सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले २४ घण्टाभित्र सरकारबाट बाहिरन निर्देशन दिएको थियो ।

माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदुरपश्चिम सरकारबाट बाहिरिएर आफ्नै नेतृत्वमा सरकार बनाउन एमाले केन्द्रले प्रदेशलाई निर्देशन दिएको छ । तर, सदुरपश्चिम प्रदेशमा अध्यक्ष केपी ओली समुह निकै कमजोर रहेको छ । ५२ जना सांसद रहेको प्रदेशसभा सभामुखसहित २५ जना सांसदहरु एमालेका छन् । ती मध्ये ओलीको पक्षमा जम्मा ६ जनामात्र सांसद रहेका छन् । आजको बैठकमा ओली पक्षका ३ जना मात्र सांसदहरु उपस्थित छन् ।

सुदुरपश्चिम एमालेमा प्रभावशाली नेता भीम रावलको प्रभाव रहेको छ । तर, ओलीले नेपाल खनालसँगै रावललाई पनि पार्टीबाट निस्काशन गरिसकेका छन् । त्यसैले एमाले विभाजनको प्रभाव सुदुरपश्चिम प्रदेशमा पनि पर्ने पक्का देखिएको छ । स्थायी कमिटीको निर्देशन पछि बसेको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पार्टीको निर्देशन भएपनि नेपाल खनाल पक्ष बलियो भएका कारण सरकारबाट बाहिरिने सम्भावना निकै कम रहेको बताइएको छ ।

हाल, मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा रहेको सरकारमा एमालेको तर्फबाट रावल निकट प्रकाशबहादुर शाहसहित तीन जना मन्त्री छन् । एमालेबाटै मन्त्री बनेका पठानसिंह बोहोरालाई भने मुख्यमन्त्री भट्टले केही महिना अघि बर्खास्त गरेका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  १० : ३१ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं