१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

कांग्रेसको निस्कर्ष : कोरोनाको आतंक फैलाएर ओलीले सत्ता लम्ब्याउन खोजे



काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीको आतंक देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता लम्ब्याउन खोजेको आरोप लगाएको छ ।

बुधबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारले कोरोना रोकथाम र नियन्त्रणमा प्रभावकारी रुपमा नलागेर जनतालाई आतंकित बनाउँदै सत्ता लम्ब्याउने षड्यन्त्र गरेको निस्कर्ष निकालेको हो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सहमहामन्त्री डा. प्रकाशशरण महतले कोरोनाको आडमा आफ्नो सत्ता बचाउने खेलमा प्रधानमन्त्री लागेको बताए । डा. महतले भने, ‘जनतामा आतंक फैलाउने काममा मात्रै सरकार केन्द्रीत छ। कोरोना रोकथाममा सार्थक ढंगले लागेको छैन। कोरोना आडमा आफ्नो सत्ता बचाउन आतंक फैलाउन सरकार केन्द्रित छ ।’

कांग्रेसले ओलीले असंवैधानिक बाटोबाट राज्यसत्ता कब्जा गर्ने र अधिनायक शासन चलाउने नियत राखेको निस्कर्ष निकालेको छ । सामान्य अवस्था भएको भए लाखौँ जनता यति बेला सडकमा उत्रिइसकेका हुने महतले बताए ।  ‘अहिले सामान्य अवस्था हुन्थ्यो भने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक हर्कतविरुद्ध लाखौँ जनता सडकमा उत्रिएका हुन्थे, हामी सबै आन्दोलनमार्फत जनमतअनुरुपको अवस्था निर्माण जुटिरहेका हुन्थ्यौँ,” महतले भने, “तर, जीवन नै जोखिममा परेको अवस्था छ । जनताको स्वास्थ्यमा खेलबाड नगर्न हामी सरकारको ध्यानाकर्षण गर्दछौँ ।’

महतले आम जनतालाई सरकारले त्रसित र भयको वातावरणमा राखेको आरोप लगाए । महतले भने, ‘दुई दिनमा साताका लागि खाद्यान्नलगायत सामग्री किन्न भन्नेजस्ता जनतामा आतंक फैलाउने काम सरकारले गरेको छ।’

सरकारले समस्या समाधान गरेर जनतालाई राहत दिनुभन्दा उल्टै त्रसाउने काम गरेको उनले बताए । ‘पीसीआर परीक्षण गर्ने संक्रमितको उपचार नगर्ने तर जनतालाई भय र त्रासमा राख्ने ? यस्तो पनि हुन्छ ?’ महतले भने, ‘राजनीतिक स्वार्थसिद्धी गर्ने कोसिस सरकारबाट भइरहेको छ ।यसमा हामीले भर्त्सना गरेका छौं ।’

पार्टीले केही दिन अघि सभापतिको नेतृत्वमा प्रधानमन्त्रीलाई भेटेरै १५ बुँदे ध्यानाकर्षण पत्र बुझाए पनि उनी अगाडि नबढेको महतले आरोप लगाए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  १२ : ४१ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ