२० मंसिर २०८२, शनिबार | December 6, 2025

गण्डकी प्रदेशमा थपिए १०७९ जना सक्रमित, ७ जनाको मृत्यु



पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप १०७९ जनामा कोरोना सक्रमित पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार आज २२२३ जनामा गरिएको नमुना परिक्षणमा थप १०७९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा जसअनुसार कास्कीका ३७० जना, तनहुँका १६६ जना, गोरखाका २१८ जना, लमजुङका ३६ जना, नवलपुरका ११८ जना र स्याङ्गजाका ५० जना छन् । यस्तै पर्वतका ६५ जना, बाग्लुङका ११ जना, म्याग्दीका ३६ जना, मुस्ताङका आठ जना र मनाङ जिल्लाका एक जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।

आज थपिएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३७ हजार ९४५ पुगेको छ । जसमा १० हाजार ९ सक्रिय संक्रमित छन । पछिल्लो २४ घण्टामा गण्डकीमा ९४१ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २६ हजार ६३८ पुगेको छ ।

बुधबार पनि गण्डकीमा सात जनाको मृत्यु पुष्टि भएको छ ।

आज मृत्यु पुष्टि हुनेमा कास्कीका चार जना, लमजुङका एक जना र स्याङ्गजाका दुई जना छन । योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५७७ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ४ : २२ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय