१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

गण्डकी प्रदेशमा थपिए १०७९ जना सक्रमित, ७ जनाको मृत्यु



पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप १०७९ जनामा कोरोना सक्रमित पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार आज २२२३ जनामा गरिएको नमुना परिक्षणमा थप १०७९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा जसअनुसार कास्कीका ३७० जना, तनहुँका १६६ जना, गोरखाका २१८ जना, लमजुङका ३६ जना, नवलपुरका ११८ जना र स्याङ्गजाका ५० जना छन् । यस्तै पर्वतका ६५ जना, बाग्लुङका ११ जना, म्याग्दीका ३६ जना, मुस्ताङका आठ जना र मनाङ जिल्लाका एक जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।

आज थपिएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३७ हजार ९४५ पुगेको छ । जसमा १० हाजार ९ सक्रिय संक्रमित छन । पछिल्लो २४ घण्टामा गण्डकीमा ९४१ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २६ हजार ६३८ पुगेको छ ।

बुधबार पनि गण्डकीमा सात जनाको मृत्यु पुष्टि भएको छ ।

आज मृत्यु पुष्टि हुनेमा कास्कीका चार जना, लमजुङका एक जना र स्याङ्गजाका दुई जना छन । योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५७७ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ४ : २२ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो