१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

नेपाललाई खोप उपलब्ध गराइदिन भारतीय र चिनियाँ समकक्षीलाई राष्ट्रपति भण्डारीको आग्रह



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरूद्धको खोपमा सहयोग गर्न चिनियाँ र भारतीय राष्ट्रपतिलाई आग्रह गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिङफिङसँग टेलिफोन वार्ता गरकी छिन् भने भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र नै पठाएकी छिन् ।

चिनियाँ समकक्षी सी सँग राष्ट्रपति भण्डारीको पौने घण्टा टेलिफोनमा कुरा भएको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले बताएका छन् । राष्ट्रपति भण्डारीले नेपालले चीनबाट खोप खरिद गर्न इच्छुक रहेको भन्दै त्यसमा पहल गरिदिन आग्रह गरेकी थिइन । भण्डारीले कोरोना विरुद्धको युद्धमा चीनले प्राप्त गरेको सफलताको प्रशंसा गर्दै नेपालमा चिनियाँ सहयोगप्रति आभार व्यक्त गरेकी थिइन ।

जवाफमा राष्ट्रपति सीले नेपाललाई सहयोग गर्न आफूले पहल गर्ने आश्वासन दिएका छन् । चीनले नेपाललाई ८ लाखा डोज भेरोसेल खोप अनुदानमा उपलब्ध गराएको छ ।

यसैगरी राष्ट्रपति भण्डारीले भारतीय समकक्षी कोविन्दलाई पत्र पठाउँदै नेपालमा भारतीय खोपको पहिलो डोज लगाएका लाखौं नागरिक दोस्रो डोजको प्रतिक्षामा रहेको उल्लेख गर्दै नेपालले खरिद गरेको खोप उपलब्ध गराइदिन आग्रह गरेकी छिन् । भण्डारीले भारतले अनुदानमा दिएको खोपका लागि भारत सरकार र जनतालाई धन्यवाद दिएकी थिइन्।

भारतले नेपाललाई अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएको छ । तर, नेपालले खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख मात्र प्राप्त गरेको छ । बाँकी १० लाख डोज खोप निर्यातमा भारतले रोक लगाएको छ । नेपालले २० लाख डोजकै रकम भारतलाई बुझाइसकेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ५ : ४६ बजे

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका

५ लाख ४ हजार ४१४ विद्यार्थीको शैक्षिक भविष्य कापीमा केन्द्रित (फोटो फिचर)

काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु

पहिलो पटक मिस युनिभर्समा भाग लिदै साउदी अरब

काठमाडौं । यसै वर्षको अन्त्यतिर मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा

अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा

म्याग्दी । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले