२५ श्रावण २०८३, सोमबार | August 11, 2026

नेपाललाई खोप उपलब्ध गराइदिन भारतीय र चिनियाँ समकक्षीलाई राष्ट्रपति भण्डारीको आग्रह



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरूद्धको खोपमा सहयोग गर्न चिनियाँ र भारतीय राष्ट्रपतिलाई आग्रह गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिङफिङसँग टेलिफोन वार्ता गरकी छिन् भने भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र नै पठाएकी छिन् ।

चिनियाँ समकक्षी सी सँग राष्ट्रपति भण्डारीको पौने घण्टा टेलिफोनमा कुरा भएको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले बताएका छन् । राष्ट्रपति भण्डारीले नेपालले चीनबाट खोप खरिद गर्न इच्छुक रहेको भन्दै त्यसमा पहल गरिदिन आग्रह गरेकी थिइन । भण्डारीले कोरोना विरुद्धको युद्धमा चीनले प्राप्त गरेको सफलताको प्रशंसा गर्दै नेपालमा चिनियाँ सहयोगप्रति आभार व्यक्त गरेकी थिइन ।

जवाफमा राष्ट्रपति सीले नेपाललाई सहयोग गर्न आफूले पहल गर्ने आश्वासन दिएका छन् । चीनले नेपाललाई ८ लाखा डोज भेरोसेल खोप अनुदानमा उपलब्ध गराएको छ ।

यसैगरी राष्ट्रपति भण्डारीले भारतीय समकक्षी कोविन्दलाई पत्र पठाउँदै नेपालमा भारतीय खोपको पहिलो डोज लगाएका लाखौं नागरिक दोस्रो डोजको प्रतिक्षामा रहेको उल्लेख गर्दै नेपालले खरिद गरेको खोप उपलब्ध गराइदिन आग्रह गरेकी छिन् । भण्डारीले भारतले अनुदानमा दिएको खोपका लागि भारत सरकार र जनतालाई धन्यवाद दिएकी थिइन्।

भारतले नेपाललाई अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएको छ । तर, नेपालले खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख मात्र प्राप्त गरेको छ । बाँकी १० लाख डोज खोप निर्यातमा भारतले रोक लगाएको छ । नेपालले २० लाख डोजकै रकम भारतलाई बुझाइसकेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ५ : ४६ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय