१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

सरकारकाे कदमकाे विराेधमा नवलपुरका दलहरू एकै  ठाउँमा



कावासाेती । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषद्काे सिफारिसमा नयाँ निर्वाचन घाेषणा गरेकाे कदमकाे विरूद्ध नवलपुरका सरकार बाहेकका दलहरू एक भएका छन् ।

बुधबार कावासाेतीमा बसेकाे संयुक्त बैठकले सरकारकाे असंवैधानिक कदमकाे विरूद्ध संयुक्त प्रेस विज्ञप्ति प्रकाशन गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ), नेकपा ( एमाले ) माधव पक्ष, जनता समाजवादी पार्टी, विवेकशील साझा पार्टी र राष्ट्रिय जनमाेर्चाले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

विज्ञप्तिमा नेपाली काँग्रेस, नवलपुरका सचिव बालकृण्ण घिमिरे, नेकपा (माओवादी केन्द्र), नवलपुरका सचिव मित्रशरण शर्मा ( बिहानी ), नेकपा (एमाले), नवलपुर माधव पक्ष जिल्ला अध्यक्ष शालिकराम भट्टराई, जनता समाज पार्टी, नवलपुरका जिल्ला अध्यक्ष धनबहादुर गुरूङ्ग, विवेकशील साझा पार्टीका प्रदेश कमिटि सदस्य टि एम पाैडेल, राष्ट्रिय जनमाेर्चा, नवलपुर जिल्ला अध्यक्ष दिपक पाण्डेले हस्ताक्षर गरेकाछन्।

विज्ञप्तिमा प्रधानमन्त्री के पि शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीकाे कदमलाई असंवैधानिक भन्दै विराेध गरिएका छन ६ दलले  यस्ताे कदमकाे विरूद्धमा उभिन जिल्लामा रहेका सम्पुर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायत सम्पूर्णमा आव्हान गरिएकाे छ ।

आज कावासाेतीमा  बसेकाे संयुक्त बैठकले तीन दिन भित्र जिल्लामा संयुक्त संघर्ष समिति निर्माण गर्ने, पालिका र वडासम्मै संयुक्त संघर्ष समिति निर्माण गर्ने निर्णय पनि गरेकाे छ । बैठक नेपाली काँग्रेस, नवलपुर जिल्ला कार्यलयमा बसेकाे थियाे ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ७ : ४१ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ