१५ माघ २०८२, बिहिबार | January 29, 2026

गण्डकी प्रदेशमा थपिए १७३३ जना नयाँ संक्रमित, ११८८ जना संक्रमण मुक्त



पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १ हजार ७३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा ३ हजार ३९९ जनामा गरिएको नमुना परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४४५ जना, तनहुँका १७० जना, गोरखाका २१९ जना, लमजुङका ६५ जना, नवलपुरका १११ जना र स्याङ्गजाका ९५ जना छन् । यस्तै, पर्वतका ११९ जना, बाग्लुङका ४१६ जना र म्याग्दी जिल्लाका ९३ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ३९ हजार ६८७ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १ हजार १८८ कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २७ हजार ८२६ पुगेको छ ।

बिहीबार पनि प्रदेशमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा कास्कीका छ जना, तनहुँका एक जना, नवलपुरका तीन जना, स्याङ्गजाका चार जना, पर्वतका दुई जना र म्याग्दीका एक जना छन् ।

आज मृत्यु भएकासंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९४ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ५ : २३ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला