१५ माघ २०८२, बिहिबार | January 29, 2026

चालु आर्थिक वर्षमा ४ दशमलव १ प्रतिशत आर्थिक बृद्धि हासिल हुन सक्दैन : अर्थमन्त्री पौडेल (आर्थिक सर्वेक्षण सहित)



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष ४।१ प्रतिशत आर्थिक बृद्धि हुन कठिन रहेको बताएका छन् । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले ४ दशमलव १ प्रतिशतको आर्थिक बृद्धि हासिल नहुने बताएका छन् ।

सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो। केन्द्रीय तथ्याङ्क विभागले भने ४ दशमलव १ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो ।

कार्यक्रममा बोल्दै अर्थसचिव शिशिर कुमार ढुंगानाले देशको आर्थिक सूचकहरु सबै सहज अवस्थामा रहेको बताएका थिए । उनले आयात निर्यातका सूचक, व्यापारको अवस्था, राजस्व संकलन सबै राम्रो अवस्थामा रहेको बताउँदै उनले अर्थतन्त्र पहिला भन्दा राम्रो गतिमा रहेको दाबी गरेका थिए ।

अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा चालु आर्थिक वर्ष २०७७।७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका थिए । त्यस अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेल , नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी,अर्थ सचिवशिशिर कुमार ढुड्गाना,राजस्व सचिव रामशरण पुडासैनी तथा महालेखा नियन्त्रक मधुकुमार मरासिनीको उपस्थिति रहेको थियो ।

यस्ताे छ आर्थिक सर्वेक्षण :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/05/आर्थिक-सर्वेक्षण-२०७७_७८-1_final.pdf” title=”आर्थिक सर्वेक्षण २०७७_७८ (1)_final”]

 

 

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ४ : १२ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला