८ बैशाख २०८१, शनिबार | April 20, 2024

आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक हुदैं



काठमाडौं । सरकारले कोरोना (कोभिड-१९) सङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय-व्यय विवरण (बजेट) आज सार्वजनिक गर्दैछ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले सोहीअनुसार आज सार्वजनिक हुन लागेको हो ।

प्रतिनिधि सभा भङ्ग रहेको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विपक्षी दलका नेता, सबै मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थमन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।

कोरोना सङ्क्रमणको दोस्रो लहरबाट आक्रान्त भएको अहिलेको अवस्थामा सङ्क्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखी अर्थ मन्त्रालयले बजेट तयार गरेको जनाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ८ : २० बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन