१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

खबर सुन्न र पढ्न काठमाडौं कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ : खबरकुराबारे नागरिक अगुवाको प्रतिक्रिया



बुटवल । आज खबरकुराको वार्षिक उत्सव । आरोह र अवरोहकाबीच पहिलो वर्ष पुरा गरेर दोस्रो प्रवेश गरिरहँदा देश, समाज र नागरिकलाई केन्द्रबिन्दुमा राखेर खबरकुराले न्यु मिडियाको छुट्टै पहिचान बनाउन सफल भएको हामिले महसुस गरेका छौं । हाम्रा मुल्यांकन कर्ता, हाम्रा आलोचक, हाम्रा सम्पत्ती भनेको मात्र पाठकहरु नै हुन् ।

एक वर्षको अवधीमा खबरकुरालाई समाजका बिभिन्न प्रतिनिधिमुलक संस्थाका अगुवाहरु सामु पस्कँदा उनीहरुको गहन र अमुल्य सुझावहरु हामीलाई प्राप्त भएका छन् । हामीले खबरकुराकाे एक वर्षलाई कसरी मुल्यांकन गर्नु भएकाे छ ? भनेर साेधेका थियाैं । उनीहरुकाे जवाफ जस्ताकाे तस्तै ।

शिवराज सुबेदी : प्रमुख, बुटवल उपमहानगरपालिका

शिवराज सुबेदी : प्रमुख, बुटवल उपमहानगरपालिका

खबरकुराले आफ्नो सन्देश प्रवाह गरेको १ वर्ष पुगेकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु । खबरकुराले तलतलका जनताहरुको अवाज उठाउने र समाजमा सकारात्मक सोँचको निर्माण गर्ने काममा लागि रहेको छ । मिडियाको युगिन भुमिका हुन्छ, मुलुक नयाँ समृद्दीको यात्रामा हिँडेको छ । समाजमा सकारात्मक चेतना बिकास गर्ने र नकारात्मक सोँचलाई विस्थापन गर्ने काममा खबरकुराको भुमिका सर्हानिय छ । आगामी दिनमा पनि यसले निश्पक्ष पत्रकारिता स्थापित गरोस् मेरो शुभकामना छ ।

बासुदेव घिमिरे, प्रमुख, तिलोत्तमा नगरपालिका

 

बासुदेव घिमिरे, प्रमुख, तिलोत्तमा नगरपालिका

छोटो समयमा खबरकुराले लोप्रियता हासिल गरेको छ । जनजिवीका, विकास र सुशासन सहित जनतालाई सुसुचित हुने सम्बन्धमा जनतालाई खबरकुराले सत्य तथ्य सामाग्री दिन सफल भएको छ । यस्को उच्च मुल्याँकन र सम्मान ब्यक्त गर्न चाहन्छु । आगामी दिनमा पनि एकदम निश्पक्ष पत्रकारीताको नमुना बन्ने अपेक्षा र बिश्वासका साथ शुभकामना ब्यक्त गर्दछु ।

लिला गिरी, अध्यक्ष, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी

 

लिला गिरी, अध्यक्ष, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी

खबरकुराले मुलुकको लोकतन्त्रमा सञ्चारक्षेत्रले गर्नु पर्ने भुमिका र धर्म राम्रो सँग निभाउन खोजेको सन्दर्भ देखिन्छ । आगामी दिनमा वास्तवमा हुनु पर्ने काम निश्पक्षताको सन्दर्भमा अलिकता विगत देखि कमी कमजोरी रहेको जनताले महसुस गरेका छन् । यो विषयमा यो मिडियाले अझै महत्यपूर्ण भुमिकाका साथ आफ्नो निश्पक्ष समाचार लिएर जनताका बीचमा र समग्र दुनिका बीचमा राख्न सफल हुने छ । मेरो शुभकामना ।

अब्दुल वाहिद मन्सुरी, अध्यक्ष, नेपालगन्ज उद्योग बाणिज्य संघ, बाँके

 

 

अब्दुल वाहिद मन्सुरी, अध्यक्ष, नेपालगन्ज उद्योग बाणिज्य संघ, बाँके

काठमाडौ र बुटवलमा मुख्य कार्यालय रहेपनि नेपालगन्जको खबरले उच्च प्राथमिकता पाउँदा हामी धेरै खुसी छौं । व्यवसायीक कुराहरु धेरै उठाउनु भएको छ । खबरकुरासँग आगामी दिनहरुमा नेपालगन्ज उद्योग बाणिज्य संघ सँगसँगै जान चाहन्छ , शुभकामना ।

उमा थापा मगर, उप प्रमुख, नेपालगन्ज उपमहानगर पालिका

 

 

उमा थापा मगर, उप प्रमुख, नेपालगन्ज उपमहानगर पालिका

खबरकुराको न्युज एङ्ल हेर्दा यसको उज्वल भविश्य देखेकी छु । निश्पक्ष र सन्तुलित समाचार संप्रेषण गरिरहनुभएको छ ।अनुभवी पत्रकारहरुको टिमले चलाएको हुँदा खबरकुराले समाचारको दुनियामा छुट्टै पहिचान बनाउनेमा विश्वस्त छु ।

 

उज्वल कसजु, अध्यक्ष, बुटवल उद्योग बाणिज्य संघ

उज्वल कसजु, अध्यक्ष, बुटवल उद्योग बाणिज्य संघ

यहाँहरुले धेरै मेहनत गरेर खबरकुरा डटकम निकाल्नु भएको छ, मलाई सबैभन्दा मन पर्ने मिडिया नै खबरकुरा बनेको छ । कोरोनाले संसार ध्वस्त बनाएको बेला पनि खबरकुरालाई निरन्तरता दिएको छ त्यसका लागि सम्पूर्ण उद्योगी व्यवसायीको तर्फबाट धन्यवाद ब्यक्त गर्न चाहन्छु । जुन मेहनत छ त्यसलाई उद्योगी व्यवसायीबाट सहयोग हुनु पर्ने हो, त्यो भएको छैन । अवका दिनमा हामी सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौं । आगामी दिनमा दुधका दुध पानीका पानी छुट्टिने गरि समाचार बनाउनु होला । शुभकामना ।

 

 

बाबुराम बोहोरा, अध्यक्ष, रुपन्देही उद्योग संघ

बुटवलमा कार्यालय राखेर राष्ट्रिय स्तर दिन सक्नु भएको छ त्यो नै खुसीको कुरा हो । विशेष गरि लुम्बिनी प्रदेशका गतिबिधिहरु सबै

बाबुराम बोहोरा, अध्यक्ष, रुपन्देही उद्योग संघ

भन्दा छिटो उठान गर्ने मिडियाकारुपमा पहिचान बनाउनु भएको छ , टिमलाई बधाई दिन चाहन्छु । उत्कृष्ठ पत्रकारीताको अनुभुति गर्न पाईएको छ, त्यो खालको वातावरण खबरकुरालाई पनि मिलोस हामी पाठकलाई पनि पाईयोस् शुभकामना छ ।

 

 

यम लोहनी, अध्यक्ष, रुपन्देही ब्यापार संघ

यम लोहनी, अध्यक्ष, रुपन्देही ब्यापार संघ

हिजोका दिनमा खबर पढ्न काठमाडौका अनलाईन मिडिया हेर्नु पथ्र्यो, त्यो बाध्यतालाई खबरकुराले अन्त्य गरिदिएको छ । लुम्बिनीलाई फोकस गरेर खबरकुरामा समेटिएका समाग्रीले यस क्षेत्रका सबै पाठकलाई सुसुचित बनाउन सफल भएको मैले महसुस गरेको छु । खबरहरु तथ्यपरक ढंगले आगामी दिनमा जान सकेको खण्डमा खबरकुराले छिटै ठूलो फड्को मार्न सक्छ भन्ने विश्वास लिएको छु ।

किस्मत कुमार कक्षपति, अध्यक्ष खजुरा गाँउपालिका, बाँके

 

 

किस्मत कुमार कक्षपति, अध्यक्ष खजुरा गाँउपालिका, बाँके

खबरकुरा धेरै छोटो समयमा सफलताको बिन्दुमा पुगेको छ, त्यो नै यसको सकारात्मक पक्ष हो । यसले समाजमा सकारात्मक सोँचको विकास गराएको छ, गाँउठाँउका समाचारलाई प्राथमिकता दिएको छ र जनताको भ्वाईस बोलिदिएको छ । आगामी दिनमा निश्पक्षताको अपेक्षा सहित अझै उँचाईमा पुगोस् भन्ने शुभकामना दिन चाहन्छु ।

 

खेलराज पाण्डे, बुटवल नगरसभापति, नेपाली कांग्रेस

खेलराज पाण्डे, बुटवल नगरसभापति, नेपाली कांग्रेस

छिटाे सुचना र खबर दिनेमा खबरकुरा अग्रभागमा रहेकाे छ । मैले बाँके र रुपन्देहीकाे काेराेना अपडेट खबरकुराबाटै थाहा पाउने गरेकाे छु । पछिल्लाे समय अनलाईन मिडिया अमुक पक्षधरतामा जान थालेकाे छ । मिडिया सबैकाे साझा बन्न सक्नु पर्दछ । विश्वसनिय समाचार र सुचनाले मिडियालाई दिगाे बनाउँछ । सबैले पढ्ने, सबैले विश्वास गर्ने र सबैकाे साझा बनाउन सक्नुस् । मेराे र कांग्रेसकाे सधैं साथ र सहयाेग रहन्छ । शुभकामना ।

 

 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  १० : २५ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई