१८ असार २०८३, बिहिबार | July 2, 2026

जसपा विवाद : ठाकुरसहित चार नेतालाई यादव पक्षको २४ घण्टे स्पष्टीकरण, जवाफ नआए निष्काशन



काठमाडौं । जनता समाजपार्टीको उपेन्द्र यादव पक्षले पहिलो स्पष्टीकरणको जवाफ नदिएका पार्टी अध्यक्ष महन्थ ठाकुरलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन दोस्रो अल्टिमेटम दिएको छ ।

यसअघि स्पष्टीकरण दिन भन्दै पत्राचार भएकोमा ठाकुरले एलटो यादवलाई स्पष्टीकरण सोधेका थिए । पहिलो स्पष्टीकरण प्राप्त नभएपछि यादव पक्षले दोस्रो पटक २४ घण्टाको अल्टिमेटम दिँदै स्पष्टीकरण पत्र पठाइएको हो ।

२४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधानको ६४(५) अर्थात हाल संशोधित धारा ६९(५), ५०(१) र जेठ ८ मा भएको निर्णयको बुँदा नम्बर ४ बमोजिम निष्काशन समेतको कारबाही हुने केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा चेतावनी दिइएको छ ।

ठाकुरले पार्टी विधान तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८(३), २५(१),(२) र पार्टी विधानको दफा ४९ को १,२,३,५ र ८ का साथै दफा ५० को १ विपरित काम गरेको आरोप लगाइएको छ । सोही आरोपमा यादव समूहले जेठ ११ गते ठाकुरलाई स्पष्टीकरण सोधेपनि ठाकुरले जवाफ दिएका छैनन् ।

यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यहरुको उपस्थितीमा बैठकबाट निर्णय गराएर वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पनि तीन दिनभित्र स्पष्टिकरण दिन पत्र पठाएको थियो । तीन दिनको दिनको म्याद सकिए पनि अध्यक्ष ठाकुरबाट कुनै प्रतिकृया नआएपछि बाध्य भएर २४ घण्टे स्पष्टीकरण सोधिएको अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । ठाकुर सहित अन्य तीनजना नेतालाई पनि २४ घण्टै पत्र पठाईएको छ

पार्टी विधि र पद्धतिमा चल्नुपर्ने भन्दै उनले पार्टीको अनुशासन उल्लघंन गर्नेलाई पार्टीको विधानअनुसार कारवाही हुने बताए ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  २ : ३९ बजे

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले