१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

आगामी आर्थिक वर्ष २०७८/७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक (पूर्णपाठ सहित)



काठमाडौं । सरकारले बजेटको आकार बढाउँदै आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सिंहदरबारबाट आर्थिक वर्षका लागि २०७८/७९का लागि १६ खर्ब ४७ अर्ब बढीको बजेट सार्वजनिक गरेका हुन् ।

चालु आर्थिक वर्षको बजेट बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो । सरकारले राजस्व संकलन वृद्धि, वैदेशिक ऋण, वैदेशिक अनुदान बढ्ने अपेक्षाका साथ बजेको आकार बढाएको हो ।

अर्थमन्त्री पौडेलका अनुसार आगामी आवमा सरकारले चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै, पुँजीगत खर्चतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको गरिएको छ भने तल्लो तहमा जाने अनुदान भने ३ खर्ब ८६ अर्ब ७१ करोड रहेको छ ।

आगामी आर्थिक वर्षमा सरकारले १० खर्ब २४ अर्ब राजस्व संकलन हुने लक्ष्य राखेको छ । चालु आर्थिक वर्षमा ८ खर्ब ८९ अर्ब ६२ करोड राजस्व संकलन हुने सरकारको लक्ष्य रहेको छ ।

यस्तै दाता देश तथा विकास साझेदार संस्थाहरुबाट ३ खर्ब ९ अर्ब २९ करोड रुपैयाँ ऋण र वैदेशिक अनुदानबाट ६३ अर्ब प्राप्त हुने लक्ष्य राखेको छ ।

बजेटको लक्ष प्राप्तिका लागि अपुग हुने रकमका लागि आन्तरिक ऋण लिने अर्थमन्त्री पौडेलले बताएका छन् । २ खर्ब ५० अर्ब आन्तरिक ऋण लिइने अर्थमन्त्री विष्णु पौडेलले बताए ।

प्रतिनिधिसभा विघटन भएपछि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गरेको हो । सरकारले ल्याएको बजेट संसदबाट ल्याउने नियमित बजेटजस्तै पूर्ण बजटे ल्याएको छ । कात्तिक मंसिरमा चुनाव घोषणा गरेको सरकारले चुनावलाई प्रभावित पार्ने गरी कैयौं लोकप्रिय कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

हरेक वर्ष बजेट सार्वजनिक भएपनि त्यसअनुसारको कार्यान्यवन नभएको इतिहास रहेको अवस्थामा यसवर्षको बजेट पनि पूर्ण कार्यान्वयन हुनेमा भने आशंका गर्ने ठाउँ बाँकी छ ।

पूर्णपाठ सहित :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/05/बजेट-वक्तव्य-2078.pdf”]

 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ६ : ५१ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम