७ आश्विन २०८३, बुधबार | September 23, 2026

आगामी आर्थिक वर्ष २०७८/७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक (पूर्णपाठ सहित)



काठमाडौं । सरकारले बजेटको आकार बढाउँदै आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सिंहदरबारबाट आर्थिक वर्षका लागि २०७८/७९का लागि १६ खर्ब ४७ अर्ब बढीको बजेट सार्वजनिक गरेका हुन् ।

चालु आर्थिक वर्षको बजेट बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो । सरकारले राजस्व संकलन वृद्धि, वैदेशिक ऋण, वैदेशिक अनुदान बढ्ने अपेक्षाका साथ बजेको आकार बढाएको हो ।

अर्थमन्त्री पौडेलका अनुसार आगामी आवमा सरकारले चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै, पुँजीगत खर्चतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको गरिएको छ भने तल्लो तहमा जाने अनुदान भने ३ खर्ब ८६ अर्ब ७१ करोड रहेको छ ।

आगामी आर्थिक वर्षमा सरकारले १० खर्ब २४ अर्ब राजस्व संकलन हुने लक्ष्य राखेको छ । चालु आर्थिक वर्षमा ८ खर्ब ८९ अर्ब ६२ करोड राजस्व संकलन हुने सरकारको लक्ष्य रहेको छ ।

यस्तै दाता देश तथा विकास साझेदार संस्थाहरुबाट ३ खर्ब ९ अर्ब २९ करोड रुपैयाँ ऋण र वैदेशिक अनुदानबाट ६३ अर्ब प्राप्त हुने लक्ष्य राखेको छ ।

बजेटको लक्ष प्राप्तिका लागि अपुग हुने रकमका लागि आन्तरिक ऋण लिने अर्थमन्त्री पौडेलले बताएका छन् । २ खर्ब ५० अर्ब आन्तरिक ऋण लिइने अर्थमन्त्री विष्णु पौडेलले बताए ।

प्रतिनिधिसभा विघटन भएपछि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गरेको हो । सरकारले ल्याएको बजेट संसदबाट ल्याउने नियमित बजेटजस्तै पूर्ण बजटे ल्याएको छ । कात्तिक मंसिरमा चुनाव घोषणा गरेको सरकारले चुनावलाई प्रभावित पार्ने गरी कैयौं लोकप्रिय कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

हरेक वर्ष बजेट सार्वजनिक भएपनि त्यसअनुसारको कार्यान्यवन नभएको इतिहास रहेको अवस्थामा यसवर्षको बजेट पनि पूर्ण कार्यान्वयन हुनेमा भने आशंका गर्ने ठाउँ बाँकी छ ।

पूर्णपाठ सहित :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/05/बजेट-वक्तव्य-2078.pdf”]

 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ६ : ५१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११