१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

‘यास’ चक्रवातको प्रभाव कायमै : केही स्थानमा मेघगर्जन, हावाहुरीसहित भारी वर्षाको सम्भावना



काठमाडौं । चक्रवात ‘यास’ पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ । हाल देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही स्थान र अन्य प्रदेशहरुका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । प्रदेश १ को तराई भू-भागमा र प्रदेश २ को थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ वाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागजले जनाएको छ ।

देशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको र लामो समय वर्षा भएकाले हिलेभीरपाखा, पहिरो, बाढी र जमिन कटान हुनसक्ने भन्दै यसबाट बच्न/बचाउन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ७ : १५ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७