१० चैत्र २०८२, मंगलबार | March 24, 2026

पहिराले गहुँ बाली बगायो, २० घर उच्च जोखिममा



बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौँ बगाएको हो ।

अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पु¥याएको त्यहाँका स्थानीयवासीले बताएका छन् । वर्षाले घट्टेखोलाबाट वाइसम्मको सिँचाइ कुलोमा पानीको बहाव बढेपछि कुलोमुनिबाट पहिरो बगेको त्यहाँका स्थानीयवासीको भनाइ छ ।

पहिराले पाकेको गहुँबाली बगाएपछि किसान चिन्तित भएका छन् । बाली भित्र्याउने समयमा भित्र्याउनै नपाई पहिराले कोरी लुछी बगाएपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ । उक्त स्थानका करिब २० परिवारको गहुँ, जौँ बालीमा क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । पाकेको बाली भित्र्याउन तयार रहेका किसानको बाली एक्कासि पहिरोले बगाएपछि बाली भित्र्याउने सपना पहिरोले गुमाइदिएको छ । एकातिर दोस्रो भेरियन्टका रूपमा फैलिरहेको कारोना भाइरसको चिन्ता छ, भने अर्कोतिर झन् अब बाली नै नष्ट पारेपछि भोकमरीको चिन्ताले किसानलाई पिरोलेको छ ।

अविरल वर्षा नरोकिएमा पहिरो पुनः जाने सम्भावना बढेको छ । यस्तै २० घर पहिरोको उच्च जोखिममा रहेको स्थानीयवासी मेघराज शाहीले जानकारी दिएका छन् । उनका अनुसार गाउँमाथि रहेको खेतबारीमा पाकेको गहुँ, जौँलगायत बाली नष्ट पारिसकेको र अझै वर्षा नरोकिएमा पहिरो आएर घर बगाउने जोखिम रहेको शाहीको भनाइ छ ।

पहिरोको उच्च जोखिममा रहेका घरपरिवारलाई तत्काल घर खाली गरी सुरक्षित स्थानमा बस्न लगाइएको छ । खेतीयोग्य जमिनसमेत पूरै बगाइसकेको र घर पनि पहिरोको उच्च जोखिममा रहेको उक्त स्थानका बासिन्दालाई ठूलो सङ्कट सिर्जना भएको छ ।

कोरोना महामारीले सङ्कट सिर्जना भएको बेला निरन्तरको अविरल वर्षाले समेत क्षति पु¥याउन थालेपछि बाजुरामा थप समस्या हुन थालेको छ । वर्षायाम नजिकिएसँगै बाजुराका अधिकांश स्थानका बासिन्दालाई चिन्ता बढ्न थालेको छ । रासस

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  १० : १४ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी