२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

बाजुरामा पाण्डे र स्याङ्जामा गुरुङको अग्रता कायम



बुटवल । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्र्तगत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन् ।

बडीमालिका नगरपालिका, गृहपालिका हिमाली र त्रिवेणी नगरपालिका–१ को मतगणना गर्दा कांग्रेसका उम्मेदवार पाण्डेले दुई हजार पाँच सय २९ मतले अग्रता लिएका छन् ।

उनले सात हजार पाँच सय १२ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले चार हजार नौ सय ८३ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभा (१) मा नेकपा समाजवादीका नरेश शाहीले पाँच हजार एक सय ३२ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बलदेव रेग्मीले तीन हजार नौ सय २८ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका कर्णबहादुर विकले तीन सय २५ मत पाएका छन् ।

यसैगरी प्रदेशसभा (२) मा कांग्रेसका पदमबहादुर शाहीले पाँच हजार ७७ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार नेकपा एमालेका लालबहादुर थापाले चार हजार ६ सय ८४ मत प्राप्त गरेका छन् । शाहीले थापासँग तीन सय ९३ मतको अन्तरले अग्रता कायम गरेका छन् ।

यता स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायम रहेको छ । कांग्रेस उम्मेदवार गुरुङ नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा एक हजार पाँच सय ५८ मतले अगाडि छन् ।

साँझसम्मको गणनाअनुसार गुरुङले १८ हजार १९ मत प्राप्त गर्दा अर्यालले १६ हजार चार सय ६१ मत ल्याएकी छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले छ हजार चार सय ९० मत पाएका छन् । कूल ७० हजार एक सय ९१ मत खसेको क्षेत्र नं २ मा साँझसम्म ४३ हजार आठ सय १६ मतगणना भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए । मतगणना भएको मतमध्ये ४२ हजार तीन सय ४५ मत सदर भएको छ भने एक हजार चार सय ७१ मत बदर भएको हो ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका–१, ६ र ७ भिरकोट नगरपालिका–५, ६, ७, ८ र ९ वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ तथा कालीगण्डकी गाउँपालिका–१, २, ३, ४, ५, ६ र ७ को मगतणना सकिएको छ ।

त्यस्तैगरी स्याङ्जा क्षेत्र नं २ (२) मा नेकपा एमालेका बुद्धिमान श्रेष्ठले अग्रता कायम रहेको छ । कालीगण्डकी गाउँपालिकाका सातवटा वडाको मतगणना सकिँदा श्रेष्ठ एक हजार ६४ मतले अगाडि छन् । एमाले उम्मेदवार श्रेष्ठले पाँच हजार पाँच सय चार मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार महेश भट्टराईले चार हजार चार सय ४० मत ल्याएका छन् । हालसम्म १० हजार सात सय ८६ मतगणना सकिएको छ भने १० हजार ६ सय ४३ मत सदर, एक सय ४३ मत बदर भएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १० : १८ बजे

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक

रोल्पा बोटलबारा पहिरो अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा । रोल्पास्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता

किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको विरोधमा

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ