१६ माघ २०८२, शुक्रबार | January 30, 2026

नेपालमा रहेका ६२ पाकिस्तानी लिएर लाहोर उड्यो हिमालय एयरलाइन्स, फर्किंदा १४ नेपाली विद्यार्थी ल्याउने



काठमाडौं । नेपालमा रहेका पाकिस्तानी नागरिकलाई उद्दार गरी पाकिस्तान पठाइएको छ ।

काठमाडौंस्थित पाकिस्तानी दूतावासको पहलमा हिमालयन एयरलाइन्सको चार्टर फ्लाइटबाट ६२ जना पाकिस्तानी नागरिकको उद्दार गरिएको हो ।

विभिन्न कामको सिलसिलामा नेपालमा आएका थिए । तर, कोरोना भाइरसको महामारी तीब्र बनेपछि नेपालले सबै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाउँदा ती पाकिस्तानी नागरिकहरु अलपत्र परेका थिए ।

पाकिस्तानी दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि संयोजन गरेपछि आज उनीहरुको उद्दार उडान भएको हो । हिमालय एयरलाइन्सको H95891 को उडानबाट उनीहरुलाई पाकिस्तानको लाहोर लगिएको छ ।

लाहोरका लागि बिहान ९ बजेर ५० मिनेटमा उडान भरेको हिमालय एयरलाइन्स आजै अपरान्ह ४ बजे काठमाडौं फर्किनेछ । स्वदेश फर्किँदा पाकिस्तानमा चिकित्सा शिक्षामा अध्ययन गरिरहेका १४ जना नेपाली विद्यार्थीलाई पनि सँगै लिएर आउने बताइएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ११ : १३ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला