५ असार २०८३, शुक्रबार | June 19, 2026

एन आई सी एशिया लघुवित्तले दियो व्याजमा छुट



काठमाडौ । एन आई सी एशिया लघुवित्तले दियो व्याजमा छुट दिएको छ । लघुवित्तले आफ्ना सेवाग्राहीहरुलाई यस असहज परिस्थितिमा केहि मात्रामा भएपनि सहयोग गर्ने अभिप्रायले २०७८ बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम (साँवा र ब्याज) बैशाख २४ गते देखि ३१ गते सम्ममा बुझाउनु भएमा सम्बन्धीत ग्राहकलाई ब्याज रकममा १०% प्रतिशत छुट प्रदान गर्ने योजना बैशाख तेस्रो सातामा सार्वजनिक गरेको थियो । यसै अनुरुप लघुवित्तले ब्याज रकममा १०% प्रतिशत छुट प्रदान गरेको हो ।

यस्तै लघुवित्तले सोही योजना अनुसार वक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४,६७६ ऋणी सदस्यहरुले यस संस्थालाई बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधि भित्र बुझाई यस योजनामा सहभागी भएकोमा आभार ब्यक्त गरेको छ ।

साथै, उनीहरुले यस योजनामा सहभागी भए वापत ब्याजमा जम्मा रु.१५,१८,२०२.४७ छुट पाएको लघुवित्तले जनाएको छ । हाल नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लगभग नेपालभरि नै बन्दाबन्दीको अवस्था रहेको छ । वर्तमान बन्दाबन्दीको अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय क्षेत्रमा समेत गहिरो प्रभाव परिरहेको छ ।

यसैक्रममा लघुवित्तले आफना ग्राहकहरुको अफ्ठ्यारो समयको साथी यस वित्तीय संस्थाले अफठ्यारोमा सदा आफ्नो सहयोगी हात बढाउने परम्परालाई निरन्तरता दिदै आएको छ ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ३ : ५८ बजे

देशका केही भू-भागमा वर्षा, तराईमा तातो हावा र अत्यधिक गर्मीको चेतावनी

काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहे पनि

मान्जाम्बी चम्किँदा स्विट्जरल्यान्डको शानदार जित, बोस्निया ४-१ ले पराजित

काठमाडौं । जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयमा भएको

उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर

नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित

डेभिडको ह्याट्रिकमा क्यानडाले कतारलाई ६ गोलको वर्षा गर्‍यो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा क्यानडाले