१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

एन आई सी एशिया लघुवित्तले दियो व्याजमा छुट



काठमाडौ । एन आई सी एशिया लघुवित्तले दियो व्याजमा छुट दिएको छ । लघुवित्तले आफ्ना सेवाग्राहीहरुलाई यस असहज परिस्थितिमा केहि मात्रामा भएपनि सहयोग गर्ने अभिप्रायले २०७८ बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम (साँवा र ब्याज) बैशाख २४ गते देखि ३१ गते सम्ममा बुझाउनु भएमा सम्बन्धीत ग्राहकलाई ब्याज रकममा १०% प्रतिशत छुट प्रदान गर्ने योजना बैशाख तेस्रो सातामा सार्वजनिक गरेको थियो । यसै अनुरुप लघुवित्तले ब्याज रकममा १०% प्रतिशत छुट प्रदान गरेको हो ।

यस्तै लघुवित्तले सोही योजना अनुसार वक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४,६७६ ऋणी सदस्यहरुले यस संस्थालाई बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधि भित्र बुझाई यस योजनामा सहभागी भएकोमा आभार ब्यक्त गरेको छ ।

साथै, उनीहरुले यस योजनामा सहभागी भए वापत ब्याजमा जम्मा रु.१५,१८,२०२.४७ छुट पाएको लघुवित्तले जनाएको छ । हाल नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लगभग नेपालभरि नै बन्दाबन्दीको अवस्था रहेको छ । वर्तमान बन्दाबन्दीको अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय क्षेत्रमा समेत गहिरो प्रभाव परिरहेको छ ।

यसैक्रममा लघुवित्तले आफना ग्राहकहरुको अफ्ठ्यारो समयको साथी यस वित्तीय संस्थाले अफठ्यारोमा सदा आफ्नो सहयोगी हात बढाउने परम्परालाई निरन्तरता दिदै आएको छ ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ३ : ५८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम