१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध



मुस्ताङ । अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ ।     
    
हिमपातका कारण कोरला नाका ठप्प भएको छ भने वर्षासँगै पहिरो खस्दा जोमसोम-कोरला सडकखण्ड अवरुद्ध भएको छ ।    
    
 शुक्रबार रातिदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिमपात भइरहेको प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले जानकारी दिए । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङदेखि तल्लो क्षेत्रमा पनि शुक्रबार रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ ।    
    
 भारी हिमपात र वर्षाका कारण मुस्ताङ भ्रमणमा रहेका पर्यटक, सर्वसाधारण तथा कोरला नाकामा मालसामान ढुवानीका लागि पुगेका कन्टेनर चालकलाई सुरक्षा सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।    
    
 नेपाल-चीन सीमास्थित कोरला नाका र आसपासका क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको लोमान्थाङ गाउँपालिका-४ न्हेचुङस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)ले जनाएको छ ।    
    
 बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार हिमपातका कारण जोखिम बढेपछि कोरलातर्फको सडकमा सवारीसाधन तथा पर्यटकको आवागमन रोकिएको छ । न्हेचुङबाट कोरला नाका जाने र न्हेचुङबाट जोमसोम झर्ने भन्सार जाँचपास भइसकेका कन्टेनर तथा विद्युतीय सवारीसाधनलाई समेत आवागमन नगर्न भनिएको छ ।    
    
 मौसम सामान्य नभएसम्म नेपाल-चीन सीमा व्यापार तथा निकासी-पैठारी कारोबार सञ्चालन नगर्न अनुरोध गरिएको सशस्त्र प्रहरी निरीक्षक धितालले बताए ।    
    
 लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी गुरुङले शुक्रबार रातिदेखि सुरु भएको भारी हिमपात अझै जारी रहेको बताए । कात्तिक महिनामै पहिलोपटक यति बाक्लो हिमपात भएको हो । उपल्लो मुस्ताङका बस्ती, खर्क, पाटन र उच्च लेकका क्षेत्र हिउँले ढाकिएका छन् । हिमपातसँगै चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित भएको उनले बताए ।    
    
 यसैबीच, वर्षाका कारण जोमसोम-कोरला सडकखण्ड पनि अवरुद्ध भएको छ । घरपझोङ गाउँपालिका-४ जोमसोमदेखि माथिको सडक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतले जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ९ : १७ बजे

अपराह्नपछि क्रमशः मौसममा सुधार हुने

काठमाडौं । अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको

बेनी-जोमसोम र बेनी-दरवाङ सडक अवरुद्ध

म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी-जोमसोम

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

मुस्ताङ । अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र

सामाजिक समस्यासँग जुधिरहेकी पार्वतीले नागरिकता पाएपछि …

झापा । श्रीमानको मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेकी शिवसताक्षी

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज