२० मंसिर २०८२, शनिबार | December 6, 2025

आन्तरिक मूल्यांकन विधिबाट यसवर्षको एसईई परीक्षा गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्याङ्कनबाट सम्पन्न गरिने भएको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो बर्ष जस्तै यस बर्ष पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा गठित कार्यदलले गत बिहीबार (जेठ १४) एसईई परीक्षाको विकल्प सहितको प्रतिवेदन पेश गरेको थियो । उक्त प्रतिवेदनका आधारमा बोर्डले शुक्रबारदेखि नै परीक्षाको मोडालिटीका विषयमा छलफल अगाडि बढाइएको थियो ।

कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा शिक्षा मन्त्रालयलाई वैकल्पिक मूल्यांकनका आधारमा परीक्षा सञ्चालन गर्न सिफारिस गरिएको थियो । सोहीअनुसार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको र त्यहीअनुसार निर्णय भएको वन तथा वातावरणमन्त्री प्रेम आलेले बताए ।

बोर्डले कोरोनाको दोस्रो लहर आउनुअघि १३ जेठदेखि एसईई र २६ गतेदेखि १२ कक्षाको परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । यद्यपि, कक्षा १२ को परीक्षाबारे भने निर्णय भएको छैन ।

यो निर्णयअनुसार विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउनु पर्नेछ । शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ ।

विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ । यसअघि शिक्षा मन्त्रालयको बैठकले गत वर्ष जस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।

गत वर्ष विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र तेस्रो त्रैमासिक अवधिको ६० प्रतिशत अङ्कका आधारमा मूल्याङ्कन गरेको थियो ।

मूल्याङ्कन समितिले राष्ट्रिय परीक्षा बोर्डले तोके अनुरुप विद्यार्थीको प्राप्ताङ्क शिक्षा विकास तथा समन्वय इकाईमा बुझाएपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईहरुले विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाइ बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।

यस वर्ष पनि कोरोना महामारीका कारण विद्यार्थीहरुको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने अवस्था भएकाले सरकारले पोहोर साल जस्तै विधि अपनाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ६ : ३८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले